ताजा खबर

पोखरामा हिजोदेखि जारी हाप्किडो रेफ्री सेमिनार आज सम्पन्न हुँदै

   ५ माघ २०७६, आईतवार ०९:५८      2,467 views

हिजोदेखि पोखरामा शुरु भएको नेपाल मार्शल आर्टस् हाप्किडो संघको दोस्रो रेफ्री सेमिनार आज सकिदै छ । संघको कास्की जिल्ला समितिको आयोजना तथा केन्द्रिय समितिको सहयोगमा शुरु भएको सेमिनार पोखरा महानगरपालिका वडा नं.१४ को वडा भवनमा जारी छ ।

सेमिनारमा ३५ जिल्लाका ६० जना रेफ्रीहरु सहभागि भएका छन भने रेफ्रीहरुलाई प्रशिक्षक द्धय सुस्मिता गुरुङ र भुवन बुढामगरले प्रशिक्षण दिइरहेको नेपाल मार्शल आर्टस हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

यसअघि हिजो सेमिनारको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेशकुमार गुरुङले स्वास्थ्य र देशका लागि खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । हाप्किडो खेलको विकासका लागि राखेपले आवश्यक सहयोग गर्न तयार रहेको भन्दै उहाँले खेल पर्यटनको विकासका लागि यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो ।

खेलाडीले देशका लागि खेले पनि राज्यबाट आवश्यक सुविधा पाउन नसकेको बताउँदै गुरुङले राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । देशको लागि त्याग र तपश्यले खेलकुदमा सर्मिपत खेलाडीलाई आगामी दिनमा सुनकै तक्मा दिनुपर्ने माग उहाँले राज्यसँग गर्नुभयो ।


कर्यक्रममा पोखरा महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले वडाले खेलकुदका लागि समेत बजेट विनियोजन गरेको जानकारी गराउँदै यही माघ ११ र १२ गते पोखरामा हुने अन्तर्रा्ष्ट्रिय हाप्किडो सेमिनारका लागि वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै, पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य यशोदा भट्टराईले हाप्किडो खेलको विकासका लागि महानगर र वडाका तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने आश्वासन दिनुभयो ।

नेपाल मार्शल आर्टस् हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले २०७३ सालदेखि नेपालमा हाप्किडो खेलको विकासका लागि संगठनको स्थापना गरेर अघि बढेको उल्लेख गर्दै आत्म सुरक्षाका लागि हाप्किडो महत्वपूर्ण खेल भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पोखरा–१४ का अध्यक्ष बलबहादुर सेञ्चुरीले खेलकुदको विकासका लागि नेकपा नेतृत्वको सरकारले विशेष प्राथमिकता दिएर अघि बढेको दाबी गर्नुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरले यही माघ ११ र १२ गते पोखरामा हुने अन्तर्रा्ष्ट्रिय हाप्किडो सेमिनारले पोखराको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुग्ने दाबी गर्दै खेल पर्यटनको विकासमा अन्तर्रा्ष्ट्रियस्तरका कार्यक्रम सहयोगी बन्ने उल्लेख गर्नुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284