ताजा खबर

पोखरामा १ लाख दर्शक अटाउने फुटवल स्टेडियम बनाउनुपर्छ , अध्यक्ष तिमिल्सिना

   ९ माघ २०७५, बुधबार २१:३५      1,586 views

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखरा रंगशालामा बनाउन लागिएको फुटवल स्टेडियम १ लाख दर्शक अटाउने क्षमताको बनाउनुपर्ने बताएका छन् । प्रथम सृजना कप कास्की जिल्ला स्तरीय सामुदायिक मावि स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उनले अब रंगशाला बनाउँदा तत्काललाई नभई अबको ५०/१०० वर्षलाई टार्गेट गरेर बनाउनुपर्ने भएकाले १ लाख दर्शक हटाउने क्षमताको फुटवल स्टेडियम बनाउनुपर्ने बताए ।

हाल १६ हजार ५ सय दर्शक क्षमताको फुटवल स्टेडियम बनाउन लागेकोप्रति असन्तुष्टी जनाउँदै उनले भने,‘बजेट पनि छ, ठाउँपनि छ तर पनि किन सानो बनाउने ? यसलाई १ लाख दर्शक अटाउने क्षमताको बनाउनुपर्छ, यदी कसैले षडयन्त्र गरेर सानो बनाउने प्रयास गरेको छ भने त्यसलाई चिरेर भएपनि ठूलो बनाउनुपर्छ ।’

उनले अब रंगशाला बनाउँदा विदेशी खेलाडीपनि अध्यासका लागि आउनसक्ने खालको पूर्वाधार बनाउनुपर्ने आवश्यक्तामा जोड दिए ।

गण्डकी प्रदेश सांसद दीपक कोइराला ‘रुपक’ले पनि १६ हजार ५ सय दर्शक क्षमताको मात्र फुटवल स्टेडियम बनाउनु भनेको पोखरा रंगशालालाई अन्र्तराष्ट्रिय रंगशाला बनाउनबाट बञ्चित गर्नु भएको बताए ।

अहिले भनिएकै क्षमताको फुटवल स्टेडियम बनाउने हो भने पोखरा खेलकुदको अन्र्तराष्ट्रिय सहर नबन्ने ठोकुवा गर्दै उनले भने,‘यसले अहिलेको अवस्थापनि धान्दैन, पछि यो सानो हुन्छ, यदि अहिले भनिएकै क्षमताको फुटवल स्टेडियम पोखरा रंगशालामै बनाउने हो भने अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउन अर्को ठाउँ खोज्नुपर्ने हुन्छ ।’

उनले अहिले भनिएको क्षमताको फुटवल स्टेडियम बनाउने हो भने यो स्थानिय रंगशाला बनाउन सकिने र त्यो पोखरा रंगशालामा नभई लेखनाथको भण्डारढीकमा बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले राखेपको वर्तमान नेतृत्व खस्केको खेलकुदलाई उकास्न लागिपरेको बताए ।

कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सृजना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराईले गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284