ताजा खबर

नेपाल मगर संघको ‘४४औं स्थापना दिवस’ पोखरामा पनि धुमधामसँग मनाए

   १५ फाल्गुन २०८२, शुक्रबार २२:४३      315 views

 ‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ औं मगर एकता दिवस मनाएको छ ।

मगर समुदायले विसं. २०३९ फागुन १५ गते तनहुँको दमौलीमा स्व. हेम बहादुर पुन मगरको अध्यक्षतामा ‘नेपाल लांघाली परिवार संघ’को प्रथम महाधिवेशनको भएको अवसर पारेर मगर एकता दिवस मनाउँदै आएका छन् ।

४४ औं मगर दिवसको अवसरमा पोखरा आयोजना गरिएको कार्यक्रमको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले नेपालमा लोकतन्त्र र गणतन्त्र ल्याउन मगर समुदायले गरेको योगदान रहेको बताए ।

उनले मगरहरुको वीरता र बलिदानकै जगमा देशमा राजनीतिक परिवर्तन सम्भव भएको चर्चा गरे । सभामुख धितालले भने, ’नेपालको राजनीतिक इतिहासमा लोकतन्त्र स्थापनाका लागि मगर समुदायले पु¥याएको योगदान अतुलनीय छ, यसलाई राज्यले बिर्सनु हुँदैन ।’

आफ्नो गृहजिल्ला गोरखामा सहिद लखन थापाको सम्मानमा गाउँपालिकाको नाम नै सहिद लखन गाउँपालिका राखिएको उनले स्मरण गरे । मगरहरुलाई एकजुट बनाउन र आफ्नो हक अधिकारका लागि आवाज उठाउन आजको दिन विशेष रहेको धितालको भनाइ थियो । उनले थपे, ‘मगरहरुलाई एकताको सूत्रमा बाँध्न र आफ्नो पहिचान जोगाउन आजको यो दिवसले विशेष अर्थ राख्छ ।’

उद्घाटन अघि नेपाल मगर संघ कास्कीको आयोजनामा विभिन्न झाँकी सहितको र्याली निकालिएको थियो । पोखराको मानवअधिकार चोकबाट सुरु भएको झाँकी र्‍याली चिप्लेढुङ्गा, न्युरोड, सभागृह चोक र लखनचोक हुँदै ररंगलाशाको खेल मैदानमा पुगेर सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरुले मगर समुदायको संस्कृति र पहिचान झल्कने भेषभुषा तथा झाँकी प्रदर्शन गरेका थिए ।

झाँकी र्‍यालीमा सहभागीहरुले नेपालका प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने र फागुन १५ गतेलाई राष्ट्रिय बिदा दिनुपर्ने, मगर समुदायको भाषा, लिपि र संस्कृतिको संरक्षणमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । यसैबिच मेनोको मिडिया हाउसद्धारा निर्माण गरिएको चलचित्र दिलसरा टिमलाई सम्मान गरिएको थियो । चलचित्र विकास बोर्डद्धारा यस वर्ष विशेष अवार्ड प्राप्त गर्न सफल भएकोमा चलचित्र दिलसरा युनिटलाई सम्मान गरिएको हो । यसैगरी लामो समयदेखि सामाजिक कार्यमा क्रियाशिल सामाजिक अभियन्ता जुनु पुन मगर र गिभिना मगरलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न इकाइ समितिबाट सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो भने पोखारका स्थानीय गायक गायिकाहरु दिलु फगामी मगर, दिलु मगर, भिमसरा घर्तिमगर लगायतको समुहरु मौलिक लोक भाका प्रस्तुत गरेका थिए ।

र्यालीमा नेपाल मगर संघ कास्कीमा आबद्ध ३० वटा इकाई समितिभन्दा बढी समाजको सहभागी दिए ।

एकताको सन्देशसहित आज देशका विभिन्न स्थानमा एकसाथ मगर एकता दिवस मनाइदैँछ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284