ताजा खबर

पोखरा महानगरको वक्तृत्वकला र चित्रकला प्रतियोगिता

   २० भाद्र २०७६, शुक्रबार १९:०५      1,810 views

जुना थापा

शैक्षिक प्र्र्रशासन महाशाखा पोखरा महानगरपालिकाले विद्यालयस्तरीय वक्तृत्वकला र आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।

प्राविधिक शिक्षा आजको आवश्यकता, पर्यटन प्रवर्धनमा पोखराको प्राकृतिक सुन्दरता र ऊर्जा शक्ति गरि तिन विषयवस्तुमा भएको वक्तृत्व गरिएको थियो । जसमा जनजागृति मावि पोखरा १८ का प्रमोद थापा प्रथम, नवी पोखरा ४का सौरभ देवकोटा द्धितीय, जनप्रिय मावि पोखराकी आकृति सापकोटा तृतीय र गोगन माविकी सबिना पुवाँली सान्त्वना भएका छन् ।

त्यस्तै आधारभूत तहमा भएको चित्रकला प्रतियोगितामा रामज्योति माविका असिम खड्का प्रथम, महेन्द्र माविका सुरज विक द्धितीय, सहिद स्मृति माविकी अनुजा परियार तृतीय र ब्रह्मारुपा माविका शंकर विक सान्त्वना भएका छन् ।

वक्तृत्वकलाका निर्णायकमा शैक्षिक प्रशासन महाशाखा पोखरा महानगरका शाखा अधिकृत विश्वराज आचार्य, शिक्षक द्धय मयााकुमारी थापा र जुना थापा रहेका थिए ।त्यस्तै चित्रकलाका लागि शैक्षिक प्रशासन महाशाखा पोखरा महानगरका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मी, दलबहादुर गुरुङ र झविन्द्र गुरुङ रहेका थिए ।

विद्यार्थीमा रहेका अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न गरिको प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई विश्व साक्षरता दिवस आउँदो भाद्र २२ आइतबारका दिन पोखरा सिटी हलमा हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने शैक्षिक प्रशासन महाशाखा पोखरा महानगरका शाखा अधिकृत विश्वराज आचार्यले जानकारी दिनुभयो ।

जनप्रिय माविका प्रधानाध्यापक बाबुराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रम शैक्षिक प्रशासन महाशाखा पोखरा महानगरका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284