ताजा खबर

पोखरा महानगरपालिकामा कांग्रेसले लगाएको ताला खोलियो

   १३ असार २०७६, शुक्रबार १६:०६      1,300 views

पोखरा महानगरपालिकाको मूल गेटमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षलगायतका जनप्रतिनिधिहरुले लगाएको ताला खुलेको छ ।

महानगरपालिकाका नेतृत्व र असन्तुष्ट जनप्रतिनिधिबीच वार्ता भई वडागत रुपमा अत्यावश्यक योजनाहरुलाई थपघट गर्न सकिने सहमति भएपछि ताला खुलेको हो । वार्ता भई सहमति नभएको भए आजदेखि महानगरको काम ठप्प पारिदिने चेतावनी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले दिएका थिए । 

महानगरपालिकाले आज बिहान पत्रकार सम्मेलन गरी छलफलबाटै समस्या समाधान गर्न आफूहरु तयार रहेको बताउँदै असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको थियो । असन्तुष्ट पक्षले आज पनि तालाबन्दी गरी प्रदर्शनको तयारी गरिरहँदा नगरपालिकाका प्रमुख मानबहादुर आफै गेटमा पुगी ‘ताला खोल्नुस् जाऔं भित्र गएर वार्ता गरौं’ भनेर आग्रह गरेपछि वार्ता सुरु भएको थियो । 

वार्तामा असन्तुष्ट पक्षले राखेका कुरामा छलफल भई यस अघि भएका सम्पूर्ण कुराहरु बिर्सने र नमिलेका कुरालाई वडाबाट सिफारिस गरी पठाउने सहमति भएको थियो । 

महानगरपालिकाले आगामी वर्षका लागि ल्याएको बजेट बहुमतले पारित गरेपछि कांग्रेस पक्षका जनप्रतिनिधहरुले नगरसभा स्थल पोखरा सभागृहमा नै बजेट किताब च्यातेपछि दुई दिनअघि भनाभनको अवस्था सिर्जना भएको थियो । त्यसैको विरोधमा हिजो दिनभर गेटमा तालाबन्दी गरी प्रदर्शन गरिएको थियो । 

खासगरी वडाबाट सिफारिस भई आएका योजनाहरुलाई वेवास्ता गरी आफूखुशी बजेट किताबमा योजना समावेश गरेको, बजेटलाई अबण्डा राखी आफूखुसी वितरण गर्ने तयारी गरेको, कांग्रेसले जितेका वडामा कम बजेट दिएको आरोप असन्तुष्ट पक्षले लगाएका थिए । 

पत्रकार सम्मेलन तथा जनप्रतिनिधिहरुसँगको छलफलमा समेत जानीजानी बजेट किताबमा नचाहिँदा योजना नराखिएको र कुनै गल्ती भएको भए सच्याउने प्रतिबद्धता नगरप्रमुख जिसीले गरेका थिए । पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । 

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284