ताजा खबर

पोखरा महोत्सवको निम्तो बाड्न युनाईटेड क्लबको टोली ल्वाङ गाउँमा

   १८ पुष २०७५, बुधबार ०७:०१      2,990 views

नवौ पोखरा महोत्सवको निम्तो बाड्न महोत्सव आयोजक टोली युनाइटेड क्लवका पदाधिकारीहरु कास्कीको पर्यटकीय गाउ ल्वाङमा पुगेको छ । महोत्सवकै आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आएको युनाइटेड क्लवले आफ्नो शिक्षा कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश अन्तर्गत रहेका विभिन्न ग्रामीण भेगमा रहेका विद्यालयमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृद्धि अक्षयकोष, न्यानो कपडा वितरण, शैक्षिक सामाग्री वितरण तथा कम्प्युटरहरु वितरण गर्दैै आइरहेको छ ।


सोही क्रममा क्लवको टोली कास्कीको माछापुच्छ गाउपालिका ८ ल्वाङ गाउमा पुगेको हो । क्लवको आयोजनामा आगामी पुसको २७ देखी माघ ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने नवौ संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार संगै क्लवको शिक्षा कार्यक्रम अन्तर्गत ल्वाङ गाउमा रहेको बाराही आधारभुत विद्यालयमा रहेका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख अतिथी माछापुच्छ«े गाउपालिका वडा नम्बर ८ का महिला सदस्य पुष्पा गुरुङले गाउमा रहेको गरिव वालवालिकाका लागी युनाइटेड क्लवले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडी वढिरहदा यस्ता सामाजिक कामको सिको अन्य क्लवहरुले समेत गर्नुपर्ने वताउदै नवौ पोखरा महोत्सवको सफलताको समेत कामना गरे ।

सो अवसरमा वोल्दै युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागी भएकाले ग्रामीण भेगमा रहेको न्यानो कपडाको अभावमा परेका विद्यार्थीहरुलाई कपडा वितरण गर्न पाउदा निकै खुसी लागेको वताउदै राज्यले शिक्षाको क्षेत्रमा खर्च गरेको भनेतापनि अझैपनि त्यसको लागु हुन नसक्नु दुखद पक्ष रहेको वताए । त्यस्तै विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बोनी गुरुङले आफ्नो विद्यालयका लागी महोत्सवकै आयोजना गरी विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरेर ठूलो गुन लगाएको वताउदै आगामी दिनमा पनि सहयोगको अपेक्षा ब्यक्त गरे । युनाइटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमिती संयोजक राजु श्रेष्ठले क्लवको गतिविधीको बारेमा वोलेका थिएभने कार्यक्रमको सञ्चालन क्लवका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक शान्ता बहादुर थापाले गरेका थिए । कार्यक्रममा क्लका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङ, सल्लाहकार रमेश कार्की, क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापा, सदस्यहरु दिनेश सुनार, जयराम आचार्य, विष्णु कुमार गुरुङ, शिक्षा उपसमितीका सदस्यहरु श्यामकृष्ण श्रेष्ठ, रामनारायण श्रेष्ठ, फेवा टेलिभजिनका प्रवन्ध निर्देशक लिला जिसी, स्टेशन म्यानेजर हेमराज अधिकारी लगायतको सहभागीता रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284