ताजा खबर

पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केसीलाई सम्मान

   २५ फाल्गुन २०८१, आईतवार ०८:०३      423 views

पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. वेदराज केसीलाई रोल्पा पोखरा सम्पर्क समाज र राप्ती सल्यान सेवा समाजले पोखरामा सम्मान गरेको छ ।


रोल्पा र सल्यानबाट पोखरामा स्थायी र अस्थायी रूपमा बसोबास गर्दै आउनुभएका रोल्पाली र सल्यानी समुदायले उपकुलपति प्रा.डा. केसीलाई सम्मान गरेका हुन् ।


प्रा.डा. केसीलाई दुवै समाजका सल्लाहकार तथा पदाधिकारीहरुले सम्मान पत्र, दोसल्ला, मायाको चिनो र खादामालाले सम्मान गरेका थिए ।


सम्मान ग्रहण गर्दै उपकुलपति प्रा.डा. केसीले समाजले गरेको सम्मानले आफूलाई थप जिम्मेवार बनाउनुका साथै हौसला प्र्रदान गरेको कुरा व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयलाई थप सेवामुखी बनाउँदै विद्यार्थीको माग अनुसार प्राविधिक पक्षलाई विशेष जोड दिने बताउनुभयो । साथै विश्वविद्यालयको शैक्षिक सफलतालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।


कार्यक्रममा रोल्पा पोखरा सम्पर्क समाजका सल्लाहकार आसमान रोका, रेडियो हातेमालो नेपालगञ्जका प्रबन्ध निर्देशक दिल्ली बिसी, राप्ती सल्यान सम्पर्क समाजका सल्लाहकार एवं आइएनएफ हरियोखर्कका शिक्षा विभाग प्रमखु डा. ढाकाराम बुढा मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा प्रस्तुत गरिएका सांस्कृति नृत्य सँगै कवि समिप बैरागीको कविता वाचनले थप मनोरञ्जन प्रदान गरिएको थियो ।


सम्मान कार्यक्रममा समाजका सल्लाहकार दिलिप राई, लुम्बिनी बुद्धिजिवि परिषदका अध्यक्ष एवं महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका प्राध्यापक दमनध्वज डिसी लगायत समाजमा आबद्ध सदस्यहरुको उपस्थिति रहेको थियो ।


रोल्पा पोखरा सम्पर्क समाजका अध्यक्ष रामकुमार बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार प्रसाद बुढा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने राप्ती सल्यान सेवा समाजका उपाध्यक्ष विरसिङ बुढा मगरले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रम रोल्पा पोखरा सम्पर्क समाजको भवन शिवशक्ति टोलमा सम्पन्न भएको थियो ।


उपकुलपति प्रा.डा. केसीले गत पुष १४ गते पोखरा विश्वविद्यालयको उपकुलपतिको पदभार ग्रहण गर्नुभएको थियो । उहाँ सविक रोल्पा जिल्ला हाल गौरिगाउँ गा.वि.स. वडा नं. ५ वर्तिवाङ निवासी पिता चुर्ण बहादुर केसी र माता भुमा केसीको जेष्ठ सुपुत्रको रुपमा वि.सं. २०२४ सालमा जन्मनुभएको हो । सिद्धनाथ मा.वि. नारायणपुर दाङबाट एसएलसी उत्तीर्ण गर्नुभएका केसीले त्रिचन्द्र क्याम्पसबाट विएसी र त्रि.वि. बाट स्नातकोत्तर गर्नुभएको थियो । वि.सं. २०५१ मा त्रि.वि सेवामा प्रवेश गर्नुभएका केसीले वि.सं. २०६१ सालमा प्रगतिशिल प्राध्यापक संगठनको केन्द्रिय सदस्य हुँदै वि.सं. २०७१ सालमा अध्यक्ष रही नेतृत्व सम्हाल्नु भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

8 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284