पोखरा १३ स्थित चिसापानी टोल आमा समुहको दोस्रो वार्षिक उत्सव विभिन्न कार्यक्रम सहित सम्पन्न
पोखरा महानगरपालिका वडा नं १३ मा रहेको चिसापानबी टोल आमा समुहले दोस्रो वार्षिक उत्सव मनाएको छ ।

स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएको सो आमा समुहले आज याङ्जाकोट तमू समाज पोखरामा एक भव्य कार्यक्रमका बीच वार्षिक उत्सव समारोह सम्पन्न गरेको हो ।
वार्षिक उत्सव समारोहको महिला उद्यमी संघ कास्कीकी अध्यक्ष तथा पोखरा अचार उद्योगका सञ्चालक काशी गुरुङले उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै उहाँले महिलाहरु जति सक्दो बढी शिक्षित हुन जरुरी रहेको भन्दै महिला शिक्षित भएमा मात्र घर परिवारसँगै उद्योग धन्दा पनि चलाउन सक्ने बताउनुभयो । चिसापानी आमा समुहले गर्ने कुनै पनि काममा आफूले सक्दो सहयोग गर्दै जाने भन्दै उहाँले दिदीबहिनीहरुलाई लगानीमा अग्रसर हुन अनुरोध गर्नुभयो ।

यस्तै याङ्जाकोट तमू समाजका अध्यक्ष सु.चन्द्रबहादुर गुरुङले अहिले देशमा महिलाहरुको लहर चलेको भन्दै महिलाहरु जति सक्दो शिक्षित भएर अधिकारका लागि अघि बढन आग्रह गर्नुभयो । इमान्दारी र जिम्मेवारीले मात्रै मानिसलाई उचाईमा पु्रयाउने भन्दै उहाँले सबै महिलाहरुलाई आफनो दायित्व पनि बोध गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा चिसापानी टोल विकास संस्थाका सल्लाहकार क्या.चन्द्रप्रसाद गुरुङले युवाहरुले नेपालमै उच्च शिक्षा हासिल गर्नुपर्ने बताउनुभयो ।

वार्षिक उत्सवको अवसरमा आमा समुहले टोलका वृद्धा आमाहरुलाई सम्मान गरेको छ भने यसवर्ष एईई र कक्षा १२ एवम् स्नातक तह उत्र्तिण गरेका टोलका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
आमा समुहका कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहेको कार्यक्रम समुहकी अध्यक्ष डिलसुब्बा गुरुङ र उहाँका श्रीमान् डम्मर गुरुङले खाजा प्रायोजन गर्नुका साथै नगद ५ हजार आर्थिक सहयोग गर्नुभएको छ भने कार्यक्रममा सम्मानित भावी गुरुङबाट ५ हजार, खादी गुरुङबाट ५ हजार, विष्णुकुमारी गुरुङबाट ५ हजार र लालश्री गुरुङबाट ३ हजार आमा समुहलाई सहयोग प्रदान गरिएको छ ।
यस्तै कार्यक्रममा ओम प्हच्यु गुरुङ र श्रीमीत दिलमाया गुरुङबाट ३ हजार, सु.दानबहादुर गुरुङबाट एक हजार, हवल्दार भीमबहादुर गुरुङबाट एक हजार, सु.मन्त्रीजंग गुरुङबाट एक हजार, खडकबहादुर गुरुङबाट एक हजार बीस र ले.नरबहादुर गुरुङबाट एक हजार सहयोग प्रदान गरिएको छ ।
आमा समुहकी अध्यक्ष डिलसुब्बा गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव बालकाशी गुरुङले गर्नुभएको थियो ।
आजको खबर
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
१६ श्रावण २०८३, शनिबार २२:२८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38