ताजा खबर

पोखरेली गुरुङहरुले ट्होटें पर्व मनाए

   ३० चैत्र २०७८, बुधबार ११:०९      901 views

तमुहरुको ऐतिहासिक पर्व ट्होटें चैत्रको अन्तिम मंगलवार तमु धिं नेपालको आयोजनामा पोखरेली तमुहरु धुमधामका साथ मनाए ।

वर्षमा दुई पटक चैत्र र साउनको तिन मंगलवार तमु गाँउ, ह्युलमा मनाउदै आएको ट्होटें पोखरामा तमु धिं नेपालको अगुवाईमा सामुहिक रुपमा पोखरासभा गृहमा भेला भई ट्होटें र्यालीविभिन्न झाँकी, बाजागाजा,साँस्कृतिक प्रस्तुतिसहित मौलिक भेषभुषमा सभागृहचोक, लखनचोक, नयाँबजार हुदै तमु धिं नेपालको प्राङ्गणमा समारोहका साथ विविध कार्यक्रम गरी ट्होटें मनाएको हो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, विशेष अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले प्रकृति र पितृको नाउमा धुप हाली प्रारम्भ गर्नुभएको थियो।


तमु नास(गाँउ), ट्हो(बस्ती), ह्युल(राज्य)को सुरक्षाका साथै बैरीहरुलाई सिमा कटाउदै सभ्य तमु ह्युलका लागि मनाउदै आएको परम्परागत पर्व ट्होटें समारोहको उद्घाटन गर्नुहुदै मुख्य मन्त्री नेपालीले ऐतिहासिक सभ्यता, सँस्कृतिको विकास गर्दै आएको तमु समुदायको सँस्कृति विकासको थलो क्होला सोंथरलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने पहल गर्ने बताउनुभयो। शुभकामना व्यक्त गर्नुहुदै मौलिकता संरक्षण, सँस्कृतिको विकासका लागि प्रदेश सरकार तमु समुदायको साथमा रहेको भन्नुहुदै कोदोको रक्सीलाई विधिगत रुपमा विकास गर्ने उहाको भनाई थियो।


विशेष अतिथि तमु धि नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले तमु धिं नेपालले आफ्नो सँस्कृति संरक्षण र विकास गर्दै सामुहिकता विकास गरेको बताउनुभयो। ट्होटें पर्व मात्रै नभएर ऐतिहासिक महत्व रहेको उहाँले बताउनुभयो।

गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमु समुदाय र गोर्खाहरुको शहरमा तमुहरुले हरेक क्षेत्रमा अगुवाई गर्न जोड दिनुपर्ने बताउनुभयो।
तमु धिं नेपालका साँस्कृतिक संयोजक कृष्णुकुमार गुरुङले स्वागत एवम ट्होटें महत्वको बारेमा चर्चा गर्नुहुदै अब तमुहरुलाई सामुदायिक प्रणाली अघि बढ्ने प्रावधान गर्ने विकास गर्नुपर्ने बताउनुभयो।


ट्होटेंमा आयोजित र्यालीमा बगर तमु समाज प्रथम, चिउली पार्चे तमु समाज दोस्रो, तनहु तमु समाज तृतिय हुदै ३० हजार, २० हजार र १० हजार सहित ट्रफीबाट पुस्कृत भए। पहिलो पुरस्कारको प्रायोजक एनएमबि बैंक र दोस्रो पुरस्कारको प्रायोजन तमु समाज युके,पिउने पानीको प्रायोजन डुंगा रेष्टो एण्ड लाउब्ज बारले गरेको ट्होटें समितिले जनाएको छ।


यसरी नै र्यालीमा फुलवारी तमु समाज, दीप तमु समाज, याङ्जाकोट तमु समाज, सिद्धार्थ तमु समाज, र डडुवा दुर्छा तमु समाजलाई विशेष सान्त्वना पुरस्कारबाट पुरस्कृत गरिएको थियो।
कार्यक्रममा डडुवा दुर्छा तमु समाजबाट घाँटु, तनहु तमु समाजबाट चुड्का, चिउली पाचे तमु समाजले छ्याडुसहित जिफान र तमु कलाकार संघका कलाकारहरु विविध साँस्कृतिक प्रस्तुति गरेका थिए।

कार्यक्रममा तमु धिं नेपालको क्षेत्रीय समाजको रुपमा लमजुङ समाज पोखरा र घाचोक लाम्छाने समाजलाई आवद्धतासहित स्वागत सम्मान गरिएको थियो भने जिफानका नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गरिएको थियो।यसरी विविध विधाका उत्कृष्ट तमुहरुलाई सम्मान गरिएको थियो।
तमु धिं नेपालको निर्माणाधिन भवनका लागि तमु धिं दक्षिण कोरियाबाट १ लाख ४१ हजार १३१ रुपैया पुर्व अध्यक्ष सुरजमान गुरुङले हस्तान्तरण गर्नुभएको थियो भने कार्यक्रममा सहयोगीहरुलाई सम्मान गरिएको थियो।


तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मुल्यांकन समितिका संयोजक वरिष्ठ उपाध्यक्ष सु.मे.श्रीप्रसाद गुरुङले र्यालीमा उत्कृष्ठताको घोषणा र महासचिव जुनाकुमारी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284