ताजा खबर

पोरखामा जनप्रतिनिधिको घरमा डोजर चल्यो

   २४ पुष २०७५, मंगलवार ०६:५१      3,331 views

पोखरा महानगरपालिकाले पोखरामा खोलाको मापदण्ड मिचेर बनाएको जनप्रतिनिधिकै घर डोजर लगाएर भत्काएको छ ।

महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारको हिजो मात्रै ढलान गरिएको एकतले घरमा डोजर लगाएको हो ।

महानगरपालिकाले सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले फिर्के खोलाको मापदण्ड बिपरित बनाएको फिर्केखोलाको घर डोजर लगाएर भत्काएको हो । डोजरसहित पुगेको

महानगरपालिकाको टोलीले घरको हालसालै गरेको ढलान गरेको एक तले घरको पिलरसहित ढलान भत्काएको हो । डोजरले भत्काएको घर बस्न नमिल्ने भएको छ । घर भत्काउन नदिन वडा सदस्य परियारले डोजरलाई रोक्ने भरमग्दुर प्रयास गरेकी थिईन् ।

उनले डोजरको बकेटमासमेत बसेर भत्काउने कार्य रोक्नका लागि प्रयास गरेपनि उनको प्रयास सफल भएन । उनलाई नेपाल प्रहरीको महिला सदस्य र नगरपालिकाको महिला नगर प्रहरीले समातेर नियन्त्रणमा लिएपछि घर भत्काइएको थियो ।

भत्काइएको घर सार्वजनिक जग्गा हो भने फिर्के खोलाको मापदण्ड बिपरित पनि छ । सो घर नेपाल स्काउटको केहि अंश जग्गापनि हडपेको बताइन्छ । नेपाल स्काउटको जिल्ला कार्यालयले आफ्नो जग्गा मिचिएको भन्दै वडा कार्यालय, महानगरपालिका र अख्तियारमासमेत निवेदन दिएको बुझिएको छ ।

विष्णुलाई मापदण्ड बिपरित पटक÷पटक घर नबनाउन सचेत गराउँदापनि अटेर गरी बनाएकाले घर भत्काएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधव बरालले बताए ।

उनले भने,‘मापदण्ड बिपरित घर नबनाउनुस् भनेर महानगरपालिकाले पटक÷पटक सचेत गराएकै हो, चिठीसमेत लेखेर घर निर्माण कार्य रोक्न भनेकै हो, जग निर्माण गर्दादेखी सचेत गराउँदै आएको महानगरले घरमा ढलान नगर्न चेतावनीसमेत दिएपनि अटेर गरी बनाएकाले घर भत्काइएको हो ।’ तर परियारले भने महानगरपालिकाका प्रमुख जिसी र वडाध्यक्ष शंकरप्रसाद बास्तोलासँग सल्लाह गरेरै घर बनाएको दाबी गरिन् ।

उनले भनिन्,‘मैले पटकपटक मेयर र वडाध्यक्षलाई जानकारी गराएरै घर बनाएकी हुँ, अहिले कसको कुरा सुनेर घर भत्काएका हुन् ? मैले बुझ्न सकिन ।’ परियारले नमुना महिला समुह बाट १५लाख ऋण लिएर घर बनाएको स्थानीय देवका कोइरालाले बताउनु भयो ।

२०४८ सालदेखि त्यही सुकुम्बासीमा बस्दै आउनु भएकी परियारले आफुजनप्रतिनिधि हुनुभन्दा पहिले देखि बसेको गरिवलाई पनि बाच्ने अधिकार भएको भन्दै घर भत्काउनु अगाडि आफुलाई मारेर मात्रै घर भत्काउन आग्रह गर्दे बिलौना गर्नुभएको थियो ।

परियारको घर भत्केपछि पोखरामा सार्वजनिक जग्गा मिचेर निर्माण भएका अन्यघर पनि भत्काउनु पर्ने नागरिकहरुको माग रहेको छ । महानगरले सार्वजनिक जग्गा मिचेर निर्माण भएका घर भत्काउने बताएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284