ताजा खबर

प्रधानमन्त्री केपी ओलीलाई तमु धिं नेपालले पठायो ज्ञापन पत्र

   ३ चैत्र २०७५, आईतवार १९:२६      1,554 views

हुम तमु

तमु धिं नेपालले नेपाल सरकारका प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र पठाएको छ। विप्लव माओवादीसहित असन्तुष्ट आदिवासी जनजाति, थारु, मधेशी लगायतलाई वार्ता मार्फत उनीहरुको माग पुरा गर्दै शान्ति कायम गर्न, तमु ल्होछारमा सार्वजनिक विदा पाउनुपर्ने, सिंहप्रसाद तमुले बम विष्फोटमा परी जीवन गुमाउनु परेको, बैदेशिक रोजगार संघका अध्यक्ष रोहन तमुको घरमा बम बिष्फोट घटनाको दोषीलाई कारवाही, पवित्र बस्त्र खादाकाबारेमा समाजमा द्धेष फैलाउन खोज्नेलाई कारवाही लगायतको माग समेटिएको ज्ञापनपत्र कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा मार्फत पठाएको हो। उक्र ज्ञापन पत्र तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो।

ज्ञापनपत्र ग्रहण गर्नुहुदै प्रजिअ बुढाले तमु धिं नेपालको मागपत्र तत्कालै गृहमन्त्रालय मार्फत प्रधानमन्त्रीलाई पठाउने बताउनुभयो। समसामयिक चासोका विषयमा तमु धिं नेपालले झकझकाउने कार्यले सबैलाई सचेत बनाउने अपेक्षा गर्नुहुदै समाजमा शान्ति स्थापनाका लागि तमु धिंको भुमिकाका लागि अनुरोध समेत गर्नुभयो।


विज्ञप्तिमा भनिएको छ, “खुशी नेपाली,समृद्ध नेपाल” नारा लिएको खड्गप्रसाद शर्मा ओलीज्युको नेतृत्वको सरकार गठनले वर्षदेखि नाघी सकेको छ।नेपाल र नेपाली जनताको समृद्धिको सपना साकार पार्न सक्ने मार्ग प्रशस्त्र भएको दुईतिहाईको सरकारले मुलुक निर्माणका लागि धेरै कामको थालनीको फड्को मार्नुपर्नेमा फेरि पनि मुलुकमा द्वन्द्वको कालो बादल मडारिएको छ। सरकार दुइतिहाइबाट बुहमततर्फ झरेको छ। ओली सरकारले नेत्रबिक्रम चन्द्र विप्लव नेतृत्व नेकपा माओवादीलाई प्रतिबन्धित बनाएको छ भने विप्लव नेकपा माओवादीले दोश्रो जनयुद्ध समेत घोषणाले मुलुकमा शान्तिपुर्ण शान्ति खलबलिएको छ। हामी गोला बारुद्ध होइन, सबैको आत्मसम्मान हुने समृद्ध नेपाल चाहेका छौं।

त्यसैले, विप्लव माओवादीसहित असन्तुष्ट आदिवासी जनजाति, थारु, मधेशी लगायतलाई वार्ता मार्फत उनीहरुको माग पुरा गर्दै शान्ति कायम गर्न सरकार समक्ष तमु धिं नेपालले माग गरेको छ।
यसै क्रममा फाल्गुण १० गते शुक्रवार ललितपुर भैसीपाटीस्थित एनसेल टावरमा ७ः४५ बजे बम विष्फाोट घटनामा लमजुङ स्थायी घर भई ललिपुर भैसीपाटी निवासी वर्ष ४९ का सर्वसाधारण नागरिक ंिसंहप्रसाद गुरुङको दुखद मृत्यु र फागुण २४ गते बेलुकी ७ः४० बजे तमु धिं नेपालका आजीवन सदस्य एवं पुर्व कार्यसमिति सदस्य नन्दकुमारी तमुको सुपुत्र बैदेशिक रोजगार व्यावसायी संघको अध्यक्ष रोहण गुरुङको घरमा गरिएको बम विष्फोट भएको दुःखद घटनाको तमु धिं नेपालले भत्र्सना गरेको छ।


स्वर्गीय सिंहप्रसाद गुरुङलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको उचित सम्मान, आश्रित परिवारलाई उचित क्षतिपूर्ति (राहत)को व्यवस्था, बालबच्चलाई राज्यले शिक्षादिक्षाको पुर्ण व्यवस्थाका साथ दोषीलाई कारवाही माग ज्ञापन मार्फत गरिएको छ।


बैदेशिक रोजगार व्यावसायी संघको अध्यक्ष गुरुङको घरमा भएको क्षतिको तत्काल क्षतिपूर्तिको व्यवस्था, गुरुङ र उहाँको परिवारको जिउधनको सुरक्षाको लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्थाको गरियोस् साथै राज्यका हरेक नागरिकले स्वतन्त्रापूर्वक बाच्न पाउने, व्यवसाय तथा आय आर्जन गर्न पाउने संविधान प्रदत्त अधिकारको सुनिश्चितता गर्दै घटनाको घाइतेको पुर्ण उपचारको व्यवस्थाका साथै घटनाको छानविन गरी दोषीलाई कडा कारवाही गर्न माग तमु धिंले गरेको छ।


यसरी नै बहुजातिय, बहुसाँस्कृतिक, विविधताको मुलुक नेपालमा नेपाल सरकारले २०७६ सालको सार्वजनिक विदाको निर्णय प्रति हाम्रो ध्यानाकर्षण भएको छ। देशको ३१ प्रतिशत जनसंख्या रहेका जनसमुदायलाई आम नेपाली सम्झी सार्वजनिक १५ दिनको विदामा ११ दिन उनीहरुकै लागि र ३७ प्रतिशत आदिवासी जनजातिले प्राप्त गरेको ५ दिनको सार्वजनिक विदा कटौतीले विदामा समेत विभेद भएकोमा हाम्रो विरोध रहेको छ। १५ दिन सार्वजनिक विदा एवं सट्टा विदाको नाउमा तमु ल्होछार लगायतका आदिवासी जनजातिका पर्वहरुमा क्षेत्र र समुदाय विशेष गरी पर्वलाई संकुचिन गरिनु आपत्तिजनक छ। तमु ल्होछारमा सार्वजनिक रुपमा देशैभरको विदाको माग गरिएको छ।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुद्धारा हस्ताक्षरित ज्ञापन पत्रमार्फत धर्म्निरपेक्ष र सामाजिक सद्भावयुक्त देश नेपालमा केही समयदेखि पवित्र बस्त्र खादाकाबारे भ्रम फैलाउदै समाजमा द्धेष फैलाउन उद्धत रहने तत्वलाई कारबाही गर्न तमु धिं नेपालले माग गरेको छ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284