ताजा खबर

प्हच्यु परिवार नेपालको साँगीतिक कार्यक्रम सम्पन्न

   २ चैत्र २०७५, शनिबार १२:२०      3,000 views

नेपालको विभिन्न भागमा छरिएर रहेका तमू प्हच्यु परिवार नेपालले पोखरामा प्हच्यु साँगीतिक साँझ २०७५ सम्पन्न गरेको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै तमू ह्युल छोंज धींका केन्द्रिय अध्यक्ष रेशम प्हच्यु तमूले तमू ह्युल छोंज धि देश विदेशमा छरिएर रहेका सबै तमूहरुको साझा संस्था भएको भन्दै सबै तमूहरुलाई तमू ह्युल छोंज धिमा आबद्ध हुन आग्रह गर्नुभयो ।


साथै उहाँले तमू जातिको महान पर्व ल्होसारमा दिने गरेको सार्वजनिक विदा कटौती गरि प्रादेशिक रुपमा मात्रै सिमित गरिएको भन्दै अहिले आफूहरुको लडाई संघिय सरकारबाटै सो विदा राष्ट्रिय रुपमै घोषणा गर्न माग गरिरहेको भन्दै आफूहरुको माग पुरा नहुँदासम्म लडाई जारी रहने बताउनुभयो ।

कार्यक्रममा तमू प्हच्यु परिवारको कूलमा जन्मेर कलाकारिता क्षेत्रमा स्थापित हुन सफल प्हच्यु कलाकारहरु शर्मिला तमू, राजु तमू, सविना तमू, भिमु तमू, दुर्गा तमू, शंकर विरही तमू, सागर तमू, गमन तमू, शिव तमू, निशा तमू, गमन तमू, केशबहादुर तमू लगायतका कलाकारहरु गीत प्रस्ततु गरेका थिए भने थुप्रै कलाकारहरु विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

प्हच्यु परिवारले आफनो अलिखित रुपमा रहेको वंशवली लेखनको सहयोगार्थ कार्यक्रमको आयोजना गरेको हो । वंशवली लेखनको आलवा प्हच्यु तमूहरुको उद्गम स्थलको पहिचान गरि संरक्षण र प्रचार प्रसार गर्ने, प्हच्यु बन्धुहरु बीचमा आपसी परिचय गराउने, भावी सन्ततिलाई पुस्तागत सम्बन्धमा एकताबद्ध गरि नाताको पहिचान गराउने, प्हच्यु परिवारलाई संस्थागत रुपमा स्थापित गरि विकास गराउने, आफनो मौलिक जातिय साँस्कृतिक धार्मिक, भाषिक सम्पदाको संरक्षण र सम्बर्धन गर्दै अघि बढने लगायतको उद्देश्य राखी कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ । २०७० सालमा स्थापना भएको परिवारले वर्षेनीरुपमा विभिन्न सामाजिक काम गर्दै आएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284