ताजा खबर

फेवा सहकारीको अभिमुखिकरण तालिम पोखरा–१२ मा सम्पन्न

   २७ असार २०७६, शुक्रबार ०९:१६      3,119 views

कास्की जिल्ला स्तरिय सहकारीहरू मध्ये एक उत्कृष्ट रूपमा संचालित फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. सृजना चोक पोखरा – ८ ले आफ्नो शेयर सदस्यहरूलाई सकृय बनाउने एवं सहकारी शिक्षा प्रदान भएको छ ।

फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि सृजना चोकमा आबद्ध पोखरा १२ र १३ का शेयर सदस्यहरूको उपस्थितिका प्रमुख अतिथि एवम् याङ्जाकोट तमू समाज पोखराका अध्यक्ष सु. चन्द्रबहादुर गुरुङ र फेवा सहकारीका अध्यक्ष क्या. चन्द्रप्रसाद गुरुङले संयूक्त रूपमा ब्यानमा हस्तान्तरण गरि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नु भयो ।


प्रमुख अतिथि गुरुङले सहकारीले गरेका कार्यहरूको पुष्टी गर्नु हुदै शेयर सदस्य र सहकारीका कर्मचारी अफिसियल सबैले अनुसाशित भएर सहकारी अभियानमा लाग्नु पर्ने बताउनुभयो ।
हामी सहकारी सहकारी मात्रै भन्ने होइन कृषि उत्पादन, दुध उत्पादन तथा अन्य ब्यबसाय संचालन गरि शेयर सदस्यहरू बिच एक आपसमा आदान प्रदान गरि आय मुलक बनाउने कार्यमा लाग्नु पर्छ भन्दै उहाँले याङ्जाकोट तमू समाजका सदस्यहरु पनि फेवा सहकारीमा आबद्धता भै रहेको र सबैलाई सहकारीमा आबद्धता गराउन पहल गर्ने बताउनुभयो ।


करिब १ सय जना शेयर सदस्यहरूको उपस्थिति रहेको उक्त अभिमुखीकरण कार्यक्रममा फेवा सहकारीका उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठले सहकारी संस्थाको हलको अबस्था ऋृण लगानी असुली र निर्माणधीन भवनको अबस्थाबारे प्रष्ट पार्नु भयो ।

फेवा सहकारी व्दारा आयोजीत अभिमुखीकर कार्यक्रमका मुख्य प्रशिक्षक दिल बहादुर भट्टराई ले सहकारी शिक्षा सहकारी कसरि चल्छ र सहकारीको स्टक्चर भनेको के हो बारेमा प्रष्ट पार्नु हुदै प्रशिक्षण दिनुभएको कार्यक्रममा फेवा सहकारी सस्थाका प्रबन्ध निर्देशक हरिभक्त पौडेलले सहकारीका निति नियमका बिषयमा प्रष्ट पार्नु हुदै एक सहकारी एक सदस्य हुनुपर्ने बताउनु भयो

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284