ताजा खबर

फोटो तथा मोवाइल पत्रकारिता तालिम सम्पन्न

   २२ जेष्ठ २०८२, बुधबार १६:५९      362 views

नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ ।


१९, २० र २१ गते गरी तिन दिनसम्म सञ्चालन गरिएको तालिमको मंगलबार समापन गरिएको हो । समापन समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले समाजमा देखिने विकृति विसंगति विरुद्ध सत्य तथ्य सूचना प्रवाह गर्न आग्रह गर्दै आधनिक पत्रकारिता पेशामा निपूर्ण बन्न यस तालिमले विशेष भूमिका खेल्ने बताए । साथै सिकाइको अन्त्य कहिल्यै नहुने भएकाले समय अनुसार आफूलाई चलाएमान गर्नको लागि यस किसिमको तालिम र अनुभव धेरै भन्दा धेरै लिनुपर्ने बताए ।


तालिमको अन्तिम दिन प्रमुख प्रशिक्षक वरिष्ठ फोटो पत्रकार एवं मोवाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले फोटो, भिडियो पत्रकारिताको लागि मोवाइलको प्रयोग प्रभावकारिता बारे प्रशिक्षित गरे ।


यसअघि वरिष्ठ फोटो पत्रकार द्धय राम गुरुङ र कृष्णमणि बरालले फोटो पत्रकारिताको आचारसंहिता तथा फोटो पत्रकारिताको महत्वबारे प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागीकोे तर्फबाट पत्रकारद्धय रोजी श्रेष्ठ र राजन उपाध्ययले तालिम प्रभावकारी र फलदायी भएको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह–सचिव मधु अधिकारीले गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284