ताजा खबर

फोनिजको सातौ संघीय बैठक कास्कीमा हुने

   २७ मंसिर २०७५, बिहीबार ०६:५८      2,549 views


पोखरा, २६ मंसिर
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को संघीय समिति बैठक कास्कीका हुने भएको छ। फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा सम्पन्न सचिवालयको बैठकले संघीय समितिको तेस्रो पूर्ण बैठक पुष २८ गते कास्कीमा गर्ने निर्णय गरेको हो।उक्त बैठकको व्यवस्थापनका लागि आवश्यक समन्वय गर्न प्रदेश ४ का इञ्चार्ज हुम गुरुङ र कास्की शाखालाई जिम्मेवारी दिने समेत निर्णय समेत सचिवालयले गरेको महसचिव मनोज घर्ती मगरले जानकारी दिनुभयो


कास्कीमा हुने संघीय समितिको बैठक कास्कीको बजारमा नभई आदिवासी जनजाति एवं पर्यटीय गाँउमा गर्ने सोंच रहेको प्रदेश इञ्चार्ज हुम तमुले बताउनुभयो। बैठकका लागि प्रदेश सरकार, स्थानिय सरकार, संघ संस्था समुदायसँग सहकार्य गरिने उहाँको भनाई छ। ग्रामीण क्षेत्रमा केन्द्रीय बैठक आयोजनाले गाँउको प्रवद्र्धनमा टेवा पुग्ने फोनिज कास्की अध्यक्ष एम बी आस्थामगरले बताउनुुहुदै बैठक ऐतिहासिक बनाउन फोनिज कास्की जुट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
यसरी नै सचिवालय बैठकले फोनिजको प्रदेश तदर्थ समिति गठनका लागि भेलाको मिति तय गरेको छ। जसअनुसार प्रदेश नं. १ को पुष १७ गते इलामको माङ्सेबुङ, प्रदेश नं. २ को पुष १५ गते बारा, प्रदेश नं. ३ को पुष २० गते काभ्रेको धुलिखेल, प्रदेश नं.४ को पुष २७ गते कास्की, प्रदेश नं. ५ को पुष २६ गते पाल्पा, प्रदेश नं ६ को पुष ७ गते सुर्खेतमा र प्रदेश नं.७ को पुष १९ गते कैलालीमा प्रादेशिक भेला गर्ने निर्णय भएको महासचिव घर्ती मगरले जानकारी दिनुभयो।
प्रादेशिक भेलामा संघीय समितिका सदस्यहरु, विभागका सदस्यहरु र जिल्ला शाखाका अध्यक्षहरु सहभागीता रहने व्यवस्था रहेको छ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284