ताजा खबर

बन्दिपुरमा समाजवादी पार्टीको दुईदिने अन्तरक्रिया

   १ श्रावण २०७६, बुधबार ०९:४१      1,282 views

तनहुँ जिल्लाको बन्दिपुरमा बैकल्पिक राजनीतिक शक्ति स्थापित गर्ने दावी गर्दै आइरहेको समाजवादी पार्टी नेपालको प्रदेश नं. ४ गण्डकी प्रदेशका नेताहरुको दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

पार्टी समायोजन र आगामी कार्ययोजना तयारी स्वरुप आयोजित भेलाका सहभागीहरुले आउदो तीनवर्ष भित्रमा पार्टीलाई प्रदेश कै मुख्य पार्टी बनाउने योजना बनाएको छ।

कार्यक्रममा समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रदेश नं.४ लाई आगामी निर्वाचनमा मुख्य पार्टी हुने दावी गर्नुभयो। समाजवादी पार्टी, नेपाल प्रादेशिक समितिले तनहुँ जिल्लाको रमणीय एवम ऐतिहासिकस्थित बन्दिपुरमा आयोजित दुईदिने गण्डकी प्रदेशबाट प्रतिनीधित्व गर्ने केन्द्रिय सदस्यहरु र प्रादेशिक समितिका पदाधिकारीहरुको अन्तरक्रियात्मक भेलालाई सम्बोधन गर्नुहुदै समाजवादी पार्टीलाई प्रदेशमा मुख्य पार्टी बनाउने गरी जुट्न आग्रह गर्नुभयो।

पुर्व प्रधानमन्त्री समेत रहनु भएका डा.भट्टराईले प्राविधीक कारणले हाल गण्डकी प्रदेश नामाकरण गरिए पनि यस प्रदेश तमुवान–मगराँत प्रदेश नै भन्नुहुदै विगतदेखि शासकीय भुमि, चेतनशील र आर्थिक हिसाबले पनि समृद्ध भएकाले समाजवादीको उर्बर भुमि हुने दावी गर्नुभयो। माओवादी आन्दोलनको बिरासत, मधेश, जनजाति र थरुहट आन्दोलनसहितको बैकल्पिक शक्ति नै समाजवादी पार्टी भएको उहाँको भनाई थियोे। यस प्रदेश बहुसंख्यक भुपू सैनिकहरुको बसोवास गर्ने भुमि पनि भएकाले भुपू सैनिकहरुलाई संगठित गर्ने अभियान जरुरी रहेको बताउनुभयो।

पार्टीका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले बैकल्पिक राजनीतिक शक्ति स्थापित अभियानमा जुटेको समाजवादी पार्टी छिट्टै नै ठुलो पार्टीको रुपमा विकास हुने बताउनुभयो।समाजवादीका नेता कार्यकर्ताहरु मुलुकले खोजेको बैकल्पिक शक्तिका रुपमा पार्टी काममा जुट्ने र अन्य पार्टीहरुसँगको एकतावार्ता पनि अन्तिम चरणतिर पुगेकाले सबै भन्दा शक्तिशाली पार्टीको रुपमा विकास हुने उहाँको दावी थियो। संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी विच एकिकरण भई गठित समाजवादी पार्टीको एकिकरण अभियान तल्लो तहसम्म तिव्रतासाथ लैजान निर्देशन समेत दिनुभयो। एकिकरण अर्थात समायोजन अभियानलाई तिव्रता दिनुस पार्टीले नेता कार्यकतालाई उचित जिम्मेवारी दिने उहाको भनाई थियो। पार्टीलाई सशक्त र व्यवस्थित बनाउन महाधिवेशन अघि नै विधान अधिवेशन गरी निति तथा विधानलाई व्यवस्थित तथा उत्कृष्ठ बनाउने दावी गर्नुभयो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284