बेलायतका मगरहरुले ४४औं मगर दिवस भव्यताका साथ मनाए
मगर संघ युकेले बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा ४४औं मगर स्थापना दिवस भव्यताका साथ मनाएको छ ।
मगर संघ युकेका अध्यक्ष लालबहादुर पुन (लालु) र बेलायतका लागि नोपली कार्यबाहक राजदूत विपिन दवाडीले संयुक्तरुपमा दीप प्रज्वलन गरी कार्यक्रमको विधिवत समुद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि विपिन दवाडी, विशेष अतिथि लेफ्टिनेन्ट कर्नेल टोल खम्चा मगर, नेपाल आदिवासी जनजाति महासंघका युकेका अध्यक्ष मे. योगेश कोयी राइ, मगर संघ युकेका पूर्व अध्यक्ष मे. कुल थापा मगर र मगर महिला संघ युकेकी अध्यक्ष सरला राना मगरले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिनुहुने करिव एक सय जना मगर व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसैगरी मगर संघ युकेले प्रदान गर्ने वार्षिक सम्मानबाट यस वर्ष हाउजिङ सचिव तोप बहादुर पल्ली मगर र युवा संयोजक एवं कलाकार दिपक मैथाने मगरलाई विशेष सम्मान गरिएको थियो ।

युके मगर संघ अन्तरगत रहेका संस्थाहरु लन्डन, विनचेस्टर, इस्टली र साउथह्याम्पटन, रिडिङ, वेम्ली, मिडलसेक्स, केन्ट, युएचएसबी, वेल्स, प्लमस्टेड, वेस्ट लन्डन, मिडल्याण्ड, स्विन्डन, क्याट्रिक लगायत १२ शाखाको सहभागिता रहेको सो कार्यक्रममा करिव एक हजार जनाको उत्साहजनक उपस्थिति रहेको थियो ।
यसैगरी छ वटा भगिनी संगठनहरु मगर महिला संघ युके, पुन मगर समाज युके, खामभाषी मगर समाज युके, मगर बुद्धिष्ट समाज युके, मगर धनुषबाण युके र मगर युथ युकेले मगर जातिको सांस्कृतिक पहिचान झल्कने मौलिक झाँकी तथा सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विशेष अतिथिको स्पमा नेपाली राजदुतावास लण्डनका तेस्रो सचिव झुपलाल पुनमगर, एनआरएन युकेका वरिष्ठ उपाधयक्ष अतिर्थ मल्ल –अनिल), नेपाल मगर संघका सहकोषाध्यक्ष क्या. निल बहादुर हितान मगर, लेफ्टेनेन्ट कर्नेल देवेन्द्र आले मगरको आतित्थ्यता रहेको थियो । यसैगरी अन्य अतिथिहरुमा नेपाल पत्रकार महासंघ युकेकी अध्यक्ष विमला सेने, फोनिज युकेका अध्यक्ष बम सूर्यवंशी मगर, विनेपालीका सम्पादक नरेश खपांगी मगर, तमू धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ, बिफबिएस गोर्खा रेडियोका स्टेशन म्यानेजर योगराज राइ, कुशल संचालिका आशा पुन मगर, एभरेष्ट टाइम्स युकेका प्रबन्ध निर्देशक नगेन्द्र नेम्वाङ, मगर संघ युकेका पूर्व अध्यक्षहरु, संरक्षकहरु, ट्रस्टीहरु, सल्लाहकारहरु, शाखा समितिका अध्यक्षहरु लगायत विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक विष्णु श्रीस मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव गोम पुन मगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । यसैगरी पुन मगर समाज युकेका पुख्र्यौली समूहले अतिथि स्वागतमा महत्वपूर्ण भूमिका खेलेका थिए भने सांस्कृतिक कार्यक्रमको संयोजक तथा कार्यक्रम संचालन सांस्कृतिक सचिव नुनु पाइजा मगरले गर्नुभएको थियो ।

अध्यक्ष पुनमगरले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने प्रमुखि अतिथि तथा कार्यक्रमलाई अनुशासित र व्यवस्थित ढंगले सम्पन्न गर्न सहयोग गर्नुहुने विभिन्न शाखा तथा भगिनी संगठनका प्रतिनिधि, कलाकारहरु र सम्पूर्ण उपस्थित महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । सबैको सहयोग र उत्साहपूर्ण उपस्थितिले कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न भएकाले संगठनलाई आगामी दिनमा थप अगाडि बढ्ने हौसला मिलेको बताउनुभयो ।
यसैगरी कार्यक्रम संयोजक एवं मगर संघ युकेका उपाध्यक्ष विष्णु श्रीस मगरले युकेवासी मगरहरुको अथक मेहनत र योगदानले कार्यक्रम ऐतिहासिक रुपमा सफल भएकोमा सम्पूर्णलाई आभार प्रकट गर्नुभएको थियो । साथै कार्यक्रममा उपस्थित भइदिनुहुने विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुप्रति विशेष सम्मान प्रकट गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्ष रहेको बताउनुभयो ।
आजको खबर
Follow Us
कौराहा सम्मेलनलाई सामाजिक अभियान्ता अनिताले गरिन् युकेमा ८ लाख बढी आर्थिक संङकलन
३ बैशाख २०८३, बिहीबार १७:५१
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38