ताजा खबर

भरतपोखरीमा नाला निर्माण गरिदै

   २७ बैशाख २०७६, शुक्रबार १८:३३      2,488 views

पछिल्ला समयमा तीव्र बजारीकरण भैरहेको पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बागमारा क्षेत्रमा नाला निर्माण कार्य बढाइएको छ ।

महानगरभित्रका वडामा आवश्यक पूर्वाधार विकासलाई अघि बढाउने पोखरा हानगरपालिकाको योजना अनुरुप भरतपोखरी बाघमाराको पानी टंकी चैनपुर क्षेत्रमा नाला सञ्जाल निर्माण कार्य थालिएको हो । महानगरपालिकाको सहयोगमा क्रमागत योजना अन्तर्गत पहिलो चरणमा उक्त क्षेत्रको एक सय ८५ मिटर नाला निर्माण कार्य भैरहेको छ ।


पानी टंकी चैनपुर बाटो स्तरोन्नति तथा नाला सञ्जाल निर्माण समितिका अध्यक्ष मदनप्रसाद अधिकारीका अनुसार क्रमागत योजना अन्तर्गत प्रथम चरणमा २० प्रतिशत जनसहभागिता सहित कुल १५ लाख रुपैयाँ लागतमा निर्माण कार्य भैरहेको छ ।


योजना अन्तर्गत पानी टंकी चैनपुर क्षेत्रको बाटो स्तरोन्नतिका साथै पानीको सहज निकासको लक्ष्यका राखिएको जानकारी दिदै अधिकारीले पहिलो चरणको निर्माण कार्य आगामी असार १० गतेसम्म सक्ने सम्झौता भए पनि जेठ १५ भित्रै सक्ने गरी तीव्रताका साथ काम भैरहेको बताउनुभयो ।

भरतपोखरीको पानीं टंकी चैनपुरका साथै समग्र बागमारा क्षेत्र बजारीकरण भैरहेका अवस्थामा बाटोको स्तरोन्नतिका साथै नाला निर्माण अघि बढ्नुुलाई अत्यन्त महत्वका साथ हेरिएको छ । पोखरा ३३ भरतपोखरीमा पूर्वाधार विकासले गति लिदै जानुका साथै पोखरामा अन्तराष्ट्रिय विमानस्थल बन्दै गरेका अवस्थामा यहाँ वस्ती विकासको क्रम पनि तीव्र रुपमा बढ्दै गएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284