ताजा खबर

भारतीय सेनाका बासु गुरुङ बने सिक्लेस मेलाका बलवान

   २ माघ २०७५, बुधबार १८:३४      3,824 views

तस्विर सौजन्य मिलन तमु वरिष्ठ फोटोग्राफर युके


रोशनी गुरुङ / सिक्लेस २ माघ
कास्कीको सिक्लेसमा जारी ठेलो प्रतियोगिता तर्फको उपाधी भारतीय सेनाका बासु गुरुङले जित्नु भएको छ । सिक्लेस युवा क्लवद्धारा आयोजित माघे सक्रान्ति मेला अन्तरगत हिजोबाट शुरु भएको ठेलो प्रतियोगिताको छिनोफानो आज भएको हो ।


कास्कीको स्याक्लुङ स्थायी घरभई हाल वेगनास ताल निवासी भारतीय सेनामा कार्यरत बासु गुरुङले प्रतियोगितासँगै नगद ४० हजार रुपैंया प्राप्त गर्नुभएको छ ।

प्रतियोगितामा स्याङजाको मनकामना स्थायी घरभई हाल पोखरा निवासी गुरुङ फिल्म एशोसियशन नेपाल जिफानका पुर्व उपाध्यक्ष एंव चलचित्र निर्देशक तथा नायक राजेश गुरुङले उप विजेता बन्दै ३५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।


ठेलोमा हिजो र आज गरी सयौं युवाहरुले भाग लिएका थिए । सिक्लेसको सभाथरका स्थानिय बासिन्दाले व्यवस्थित रुपमा संचालन गरेको ठेलो बिजेतालाई गुरुङ परम्परा अनुसार कार्यक्रम स्थलमा फेटा फुलमाला र अविर लगाएर बधाई ज्ञापन गरिएको थियो ।


ठेलो जितेका बलवानहरुलाई सभाघरको आँगनमा बाजागाजा सहित नाचगानले स्वागत गरिएको थियो । कार्यक्रममा मादी न्युज डटकमका सम्पादक रोशनी गुरुङ र रेडियो गोर्खालीका पत्रकार बेल गुरुङलाई मेलाको प्रचार प्रसारमा सहयोग गरेको भन्दै सम्मान गरिएको थियो ।


सभाथरका वयोवृद्ध रनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सभाथरका अगुवाहरु लक्ष्मी गुरुङ र क्या.लोक कृष्ण गुरुङले संयुक्त रुपमा संचालन गर्नुभएको थियो ।


करिब दुईसय वर्षको इतिहास बोकेको सिक्लेसको ठेलो पछिल्लो वर्षदेखि व्यवस्थित रुपमा संचालन गर्नका लागि अक्षयकोषको समेत स्थापना गरि संचालन भईरहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284