ताजा खबर

भाषा तथा मौलिक संस्कृति संरक्षणमा जोड 

   6:09 pm Sunday, August 30, 2026     

मगर भाषा प्रतिष्ठान नेपाल कास्कीको १५ औं स्थापना दिवस विशेष कार्यक्रम गरी शुक्रबार मनाइएको छ । कार्यक्रममा २८ जनालाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको प्रतिष्ठान नेपाल कास्कीका अध्यक्ष यामबहादुर थापामगरले जानकारी दिए ।

नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष हर्क आलेमगरले मगर भाषा तथा मौलिक लिपीको संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरणमा जोड दिए । उनले मगर समुदायको सघन बसोबासको क्षेत्रमा मगर भाषालाई सरकारी काम काजको भाषा बनाउन संघले पहल गरेको जानकारी दिए । गण्डकी प्रदेशमा मगर भाषाले सरकारी कामकाजको भाषाको मान्यता पाएको उल्लेख गर्दै उनले स्थानीय तहमा समेत मगर भाषालाई कामकाजी भाषाका रूपमा मान्यता दिलाउन निरन्तर समन्वय र पैरवी गर्ने कार्य भइरहेको बताए ।

मगर भाषा प्रतिष्ठान नेपालकी केन्द्रीय सदस्य एवं कास्की शाखाका पूर्व अध्यक्ष फूलकुमारी थापामगरले मगर भाषा, लिपि र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि प्रतिष्ठानले अभियान चलाएको जानकारी दिइन् । ‘खासगरी युवा र बालबालिकाहरूलाई मातृभाषा बोल्न र लेख्न सिकाउनका लागि विभिन्न जिल्ला र स्थानीय एकाइहरूमा मगर भाषा प्रशिक्षण कक्षाहरू सञ्चालन गरिँदै आएको छ,’ उनले भनिन्, ‘स्थानीय तह र सामुदायिक विद्यालयहरूसँग समन्वय गरी प्राथमिक तहमा मगर भाषामा पढाइ सञ्चालन गर्न र पाठ्यपुस्तक तयार पार्न दबाब तथा सहयोग पु¥याउने काम भइरहेको छ ।’ उनले मगर भाषाको व्याकरण, शब्दकोश, लोककथा र इतिहास सम्बन्धी पुस्तकहरू तथा अनुसन्धानमूलक लेखहरू प्रकाशन गर्ने र प्राज्ञिक वहस गराउने कार्यहरू गरेको बताइन् । उनले अन्तर्राष्ट्रिय मातृभाषा दिवस (फेब्रुअरी २१) तथा मगर एकता दिवस (फागुन १५) का अवसरमा भाषिक र सांस्कृतिक चेतना फैलाउने ¥याली, गोष्ठी र अन्तक्र्रिया गरिदै आएको जनाइन् ।

प्रतिष्ठानका अध्यक्ष यामबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रुद्र श्रीस मगर र कार्यक्रमको सञ्चालन सचिव मिना थापा मगरले गरेकी थिइन् ।
भोटेकोशी बाढीले निम्त्याएको अलिहेको दुखद परिस्थितिलाई मध्यनजर गर्दै प्रतिष्ठानको तर्फबाट संकलित १२ हजार ३ सय २५ रुपैयाँ प्रधानमन्त्री राहत कोशमा जम्मा गरिएको सचिव मिना थापाले जानकारी दिइन् ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284