मगर चलचित्रकर्मी संघको शुभकामना आदानप्रदान सम्पन्न
मगर चलचित्रकर्मी संघ कास्कीको आयोजना र गण्डकी प्रदेशको सह आयोजनामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कास्की जिल्लामा क्रियाशील मगर चलचित्रकर्मीहरुको साझा संस्था मगर चलचित्रकर्मी संघले नयाँ वर्ष २०८३ को आगमनको पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । प्रमुख अतिथि मगर चलिचित्रकर्मी एवं साहित्यकार मेजन पुन मगरले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

पुन मगरले कार्यक्रमको उद्घाटन गर्दै चलचित्र मनोरञ्जनको माध्यम मात्र नभइ समाजको चित्र दर्पण भएका बताउँदै समाजमा विद्यामान विकृति विसंगति चिर्दै सकारात्मक सन्देश प्रवाह गर्नको लागि पनि चलचित्र निर्माण हुनु जरुरी रहेको बताउनुभयो । मगर समुदाय भित्र थुप्रै भाषा, कला संस्कृति हुँदा हुँदै पनि यस खालको विषय समेटेर चलचित्र वृत्तचित्र प्रसस्त मात्रामा निर्माण हुन नसक्नु दुखद रहेको बताउनुभयो । अहिलेको प्रविधिको विकास सँगै मगर चलचित्रको बजारीकरण सहज बन्दै गएकाले पनि कालाकारिता र चलचित्र क्षेत्रलाई पेशागत रुपमा अंगालेर अगाडि बढ्न सक्ने प्रसस्त अवसर रहेको बताउनुभयो ।

यसैगरी मगर चलचित्रकर्मी संघ केन्द्रिय उपाध्यक्ष देव चोचाङ्गी मगरले यस चलचित्र निर्माणका लागि लगानी ठुलो नभई दक्ष प्रविधिक र दक्ष कलाकारको खाँचो रहेको बताउँदै संगठनले धेरै भन्दा धेरै प्रशिक्षण तथा तालिम सञ्चालन गर्नुपर्ने आवश्यक रहेको औल्याउनुभयो ।
गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पिठाकोटे मगरले मगर समुदायको संस्कार संस्कृति दस्तावेजीकरण गर्नको लागि पनि धेरै भन्दा धेरै चलचित्र निर्माण हुनु आवश्यक रहेको बताउनुभयो । यसको लागि महत्वपूर्ण जिम्मेवारी मगर चलचित्रकर्मीको काँधमा रहेकाले आफ्नो जिम्मेवारी सम्झेर पनि यसप्रति चासो जगाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल मगर संघ पोखरा महानगर समितिका सदस्य क्षेत्र राना मगर, फोनिज गण्डकीका महासचिव एवं मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगर, लांघाली पत्रिकाका सम्पादक एवं चलचित्र दिलसराका निर्माता मिना थापा मगर, कर्णप्रिय संगितालयका सञ्चालक करण तामाङ लगायतले नयाँ वर्षको शुभकामना दिएका थिए ।

मगर चलचित्रकर्मी संंघ कास्कीका अध्यक्ष राहुल थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रियंका गर्बुजा मगरले र सहकोषाध्यक्ष ओम प्रकाश बुढा मगरले स्वागत मन्तव्य राखेका थिए । यसैगरी कोषाध्यक्ष मुना राना मगरको सांस्कृतिक नृत्यले कार्यक्रमलाई थप आकर्षण बनाएको थियो । कार्यक्रममा कास्की जिल्लाका मगर चलचित्रकर्मी तथा कलाकारहरुको उपस्थिति रहेको थियो ।
आजको खबर
Follow Us
चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन
१ बैशाख २०८३, मंगलवार १६:५७
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38