मगर संघ रामबजार समितिद्धारा प्रकाशित भित्तेपात्रो विमोचन
नेपाल मगर रामबजार इकाइ समितिद्धारा प्रकाशित २०८३ सालको भित्तेपात्रो विमोचन गरिएको छ । नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम भित्तेपात्रो विमोचन गरिएको हो ।

समितिका संस्थापाक अध्यक्ष एवं प्रमुख साल्लाहकार कर्णबहादुर थापा मगर, सल्लाहकार क्या. बेनबहादुर आले मगर, अध्यक्ष सुधा थापा मगर, उपाध्यक्ष क्या. अमर थापा मगर, लेखा उपसमितिका संयोजक क्या. नरेस थापा मगर, महिला समितिका अध्यक्ष लक्ष्मी थापा मगरल लगायतले संयुक्तरुपमा भित्तेपात्रो विमोचन गरेका थिए ।
समितिको आफ्नै भवन लक्ष्मीटोलमा कार्यक्रमको आयोजना गरिएको थियो । समितिको पुरानो भवन भत्काएर अहिले नयाँ भवन निर्माणको क्रममा रहेको छ । अध्यक्ष सुधा थापा मगरले नयाँ वर्षको शुभकामना दिँदै भवन निर्माणको लागि आर्थिक भौतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरुलाई धन्यवाद दिनुभयो ।आफ्नो भाषा लिपिबारे चासो जगाउन र नयाँ पुस्तालाई यसप्रति जागरुक गराउने उद्देश्यले यस वर्षको क्यालेण्डरमा मगर लिपि पनि समावेश गरिएको उहाँले बताउनभुयो ।

कार्यक्रममा सल्लाहकार कर्णबहादुर थापा मगरले शुभकामना मन्तव्य दिँदै रामबजार समितिले स्थापनाकालदेखि नै ऐतिहासिक कार्य गर्दै आएको र अबको दिनमा पनि उदाहरणीय कार्य गर्दै अगाडि बढ्न अग्रह गर्नुभयो ।
कार्यक्रमको सञ्चालन सचिव सु. भिमबहादुर थापा मगरले गर्नुभएको थियो भने महिला समितिका अध्यक्ष लक्ष्मी थापा मगरले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा रामबजार इकाई समितिमा आबद्ध क्रियाशील सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
आजको खबर
Follow Us
चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन
१ बैशाख २०८३, मंगलवार १६:५७
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38