ताजा खबर

मगर संसारद्धारा सिन्धुपाल्चोकको बालगृहमा खाद्यान्न तथा स्टेशनरी सहयोग

   १४ आश्विन २०८२, मंगलवार ०९:३९      657 views

सामाजिक तथा मानवीय सेवामा निरन्तर क्रियाशील रहेको अनलाइन फेसबुक ग्रुप मगर संसार फोटोग्यालरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ५, ऐसेलुखर्कस्थित मदर सिस्टन नेपाल बालगृहमा खाद्यान्न तथा स्टेशनरी सामाग्री सहयोग छ ।


भैपरी आएको समस्यामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले मगर संसारले आपतकालीन कोष खडा गरी विभिन्न समास्यामा परेकाहरुलाई आवश्यक सहयोग गर्दै आएको छ । आफ्नो आपतकालीन राहतकोषबाट केही रकम छुट्याई उक्त बालगृहलाई सहयोग प्रदान गरिएको मगर संसारका अध्यक्ष अनिल लामिछाने मगरले बताए साथै मगर संसारको यो २८५औं सहयोग रहेको पनि जानकारी दिए ।


मगर संसारका एडमिन राजेन्द्र राना मगरको उपस्थितिमा असोज १२ गते आइतबारको दिन बालगृहमै पुगी मदर सिस्टर नेपाल बालगृहको सञ्चालक समितिको सदस्य विजय विक्रम थापा, शिक्षक भीम बहादुर तामाङ उपस्थितमा हस्तांतरण गरिएको थियो ।

बडा दशैंको अवसरमा दाल, चामाल, आलु, नुन, तेल, मसला, साबुन, चाउचाउ, चिउरा, विस्कुट, कपी, कलम लगायतका खाद्यान्न तथा स्टेशनरी सामान सहयोग गरिएको हो । उक्त बालगृहमा ३३ जना अनाथ तथा असाहाय बालबालिकाहरु रहेका छन् ।
आगामी दिनमा देशैभरिका अनाथलयमा पुगी सहयोग गर्ने मगर संसारको उद्देश्य रहेको अध्यक्ष लामिाछानेले बताए ।


वि.सं. २०७५ सालमा स्थापना भएको सामाजिक संजाल मगर संसारले स्थापनाकालदेखि नै गरिव असहाय विरामीहरुको लागि आर्थिक सहयोग संकलन गरी कैयौं विरामीहरुलाई नयाँ जिवन दिएका छन् । यसैगरी अनलाइन फेसबुक पेजको माध्यमबाट संस्कृतिक अभियान संचालन गरी नयाँ पुस्ताहरुमा सांस्कृतिक चेतनाको विकास गर्नुका साथै बालबालिकाको बौद्धिक विकासका लागि सिर्जनात्मक र रचनात्मक प्रतियोगिताहरुको आयोजना गर्दै आएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284