ताजा खबर

मन्त्री पुन र सभापति कोइरालाद्वारा पोखरा रंगशालाको अनुगमन

   ३० आश्विन २०७६, बिहीबार १९:२१      1,451 views

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री एवं १३ औं साग पोखराका स्थानीय ब्यवस्थापन तथा सहजीकरण समितिका संयोजक नरदेवी पुन र गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति एवं अनुगमन तथा मुल्याङकंन समितिका संयोजक दीपक कोइरालाले मंगलबार पोखरामा निमार्णधिन फुटवल मैदानको निरीक्षण गर्नुभएको छ ।

उहाँहरुले क्रिकेट मैदान, बहुउद्देश्यी कर्भड हल लगायतको निरीक्षण गर्नुभएको थियो । मन्त्री पुनले मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं साग भौतिक पुर्वाधारको कारण कुनैपनि हालतमा प्रभावित हुन नहुने भन्दै समस्या भए आफुहरु समाधानको लागि तयार रहेको बताउनु भयो ।सांसद एवं अनुगमन तथा मुल्याङकंन समितिका संयोजक दीपक कोइराला(रुपक)आ आफ्नो जिम्मेवारी अनुसार सवैले काम गरेर पोखरामा हुने ९ वटै खेललाई सानदार रुपमा सफल बनाउनु पर्नेमा जोड दिनु भयो ।

आफुहरुले अनुगमन र मुल्याङकनलाई प्राथामिकतामा राखेर पुर्वाधार निर्माणमा सहजीकरण गर्दे निर्धारित समयमै सम्पन्न गर्नको लागि भुमिका खेल्ने बताउनु भयो । स्थल व्ययवस्थापन समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले आफु दैनिक रंगशाला आएर फुटबल मैदानको निगरानी गर्ने गरेको बताउनु भयो । पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट मेनेजर दीपक बरालले जानकारी दिनु भयो ।

उहाँका अनुसार पुर्वाधारको काम ५० प्रतिशत सकिएको छ । १३ औं सागमा कुल २७ खेल हुने भएपनि पोखरामा ९ वटा खेल हुने छ । पोखरामा हुने खेलहरुमा महिला फुटवल, क्रिकेट महिला ,आर्चरी,ब्याडमिन्टन ह्याण्डबल,प्याराग्लाइडिङ,ट्रायथलन ,विच भलिवल र भारोत्तोलनका खेल हुने छ ।  

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284