ताजा खबर

महत्वपूर्ण २१ बुँदे निर्णय गर्दै मादी गाउँपालिकाको ५४औं गाउँ कार्यापालिका बैठक सम्पन्न

   २३ आश्विन २०७७, शुक्रबार १३:०७      1,741 views

कास्कीको मादी गाउँपालिकाको ५४औं गाउँ कार्यापालिकाको बैठक विभिन्न २१ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ ।

गाउँपालिकाको कार्यालय याङजाकोटमा सम्पन्न भएको बैठकले कृषिमा उत्पादन बढाउन तरकारीको बेर्नाका लागी एक वडा एक नर्सरी स्थापना गर्ने निर्णय गरेको छ ।


यस्तै सुरक्षित नागरिक आवाश कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका सम्पूर्ण खर तथा फुसको छाना हटाई जस्ता पाता उपलब्ध गराउने जसको लागि सम्पूर्ण वडा कार्यालयले १० दिन भित्र खरको छाना भएको विवरण संकलन गरि पठाउनुपर्नेछ त्यस्ता प्रत्येक घरले ५० हजार अनुदान पाउने भएको छ ।

यस्तै बैठकले याङ्जाकोट तोगी वार्चोक भाचोक नागीधर पोसी पक्र्यु मोटर बाटोको आईईई गर्ने, कसेरी भैंसे याङ्जाकोट मोटरबाटो निर्माण समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई विजयपुर खोलाको मादी गाउँपालिका खण्डबाट नियम अनुसार रोयल्टी लिई गिटी बालुवा उपल्ब्ध गराउने निर्णय गरेको छ ।


एक गाउपालिका एक खेलकुद ग्रामका लागी भगवतीटार आसपास उपयुक्त स्थलमा डिपीआर गर्ने, मादी ३ याङ्जाकोटको सामुदायिक विद्युत उपभोक्ता समितीलाई नयाँ ट्रान्सफरमर उपलब्ध गराउने तथा गाउँपालिकामा थप केही कोठा आवश्यक रहेकोले २ वटा ट्रष्ट कोठा निर्माण गर्ने निर्णय गरेको छ ।


बैठकले याङजाकोटको बुद्ध पोखरी मर्मत गर्ने, करार सेवामा विद्यालयको शिक्षक, कर्मचारी भर्ना छनोट सम्बन्धी कार्यविधी २०७७ पारित गर्ने तथा कोरोनाबाट पालिकाबासीलाई सुरक्षित राख्न सम्पुर्ण उपाय अबलम्बन गर्दै कोभिड अस्पताललाई थप व्यबस्थापन गर्ने र डाक्टर, नर्स लगायतको कर्मचारी नियुक्ती गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले वर्षातको समयमा सडक मर्मत सम्भार गरेको खर्च अनुमोदन गरेको छन भने निर्माण सम्पन्न भएका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, मोटरेबल पुलहरु, झोलुङ्गे पुलहरु, विद्यालय लगायत संरचनाहरु उद्घघाटन छिटै गर्ने र ४ नं वडाको कार्यालय आगामी कात्र्तिक १ गते उद्घाटन गर्ने निर्णय गरेको छ, यस्तै लामो समय सेवा गरि उमेर हदका कारण अवकाश प्राप्त गर्नुहुने मादी ७ का कार्यालय सहयोगी मीनबहादुर गुरुङलाई कातिक १ गते सम्मान गर्ने निर्णय गरेको छ ।


बैठकले रेडक्रस कास्कीको निर्माणधिन ब्लड बंैक भवनको लागि ५ लाख अनुदान सहयोग गर्ने, मानव सेवा आश्रम कास्कीलाई १ लाख सहयोग गर्ने, मादी गाउँपालिकाको प्रवक्तमा मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङलाई चयन गर्ने निर्णय गरेको छ ।

यस्तै गाउँपालिकामा करारमा कृषिको चौथो र पाँचौ तहको कर्मचारीको लागि विज्ञापन गर्ने, नियमनुसार पाउने सामाजिक सुरक्षा भत्ता दशैं अगाडी उपलब्ध गराउने, युवा स्वरोजगार र विशेष कृषि अनुदानको कडाई पुर्वक अनुगमन गर्ने, गाउँपालिका, निजी क्षेत्र र सम्पूर्ण गाउँपालिका भरका घरधुरीबाट सेयर हुने गरी क्रसर उद्योग स्थापनाको सम्भावना बारे कार्यादलबाट अध्ययन गर्ने निर्णय गरेको छ ।


यस्तै पशुपालक तथा कृषकहरुलाई लक्षित गरि कृिष ज्ञान केन्द्र, पशु सेवा विज्ञ केन्द्र लगायतबाट प्रस्तावना भएका सेवा सुविधा तालिम आदि सूचनाहरु लाभग्राहीसम्म पुरयाउन सहजीकरण गर्ने लगायतको निर्णय भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284