ताजा खबर

महिलाहरुलाई स्वरोजगार बनाउन झोला बुन्ने तालिम

   १६ असार २०७६, सोमबार १९:१२      1,812 views

गरिब तथा बिपन्न वर्गका महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्यसहित झोला बुन्ने तालिम सुरु भएको छ ।

लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा विधाता हस्तकला प्रशिक्षण केन्द्र अमरसिंहचोकको व्यवस्थापनमा तालिम सुरु भएको हो ।

२० जना महिलाहरु सहभागी उक्त तालिमको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पिआरओ इन चिफ रामचन्द्र पोखरेलले सिकेको सिप व्यवहारमा प्रयोग गर्न सके तालिममा सहभागी महिलाहरुको आयआर्जनमा वृद्धि हुने बताए । ‘तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न आवश्यक छ,’ उनले भने ।


कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा जिएसटी कोअर्डिनेटर कृष्णराज पोखरेल, पूर्व अध्यक्ष तथा एडिसनल क्याबिनेट ट्रेजरर विष्णुप्रसाद बास्तोला, रिजन चियरपर्सन लक्ष्मी बराल, पूर्व अध्यक्ष तथा जोन चियरपर्सन ठाकुरप्रसाद अधिकारी, निबर्तमान अध्यक्ष तथा कमिटि कोचियरपर्सन देवी तिमिल्सिना, प्रमुख प्रशिक्षक तथा विधाता हस्तकला प्रशिक्षण केन्द्रका सञ्चालक सबिता श्रेष्ठ रञ्जित लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष विश्वास भण्डारीले राखेका थिए भने सञ्चालन सचिव विकास भुर्तेलले गरेका थिए । क्लबका तृतीय उपाध्यक्ष सुनादेवी श्रेष्ठको संयोजकत्वमा कार्यक्रम भएको हो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284