महिला दिवसको अवसरमा प्रशिक्षण तथा परिषद् सम्पन्न
पोखरा महिला दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन माछापुच्छ्रे गाउँपालिकाले साङ्गठनिक प्रशिक्षण तथा सातौँ परिषद् सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेराशिसं गण्डकी प्रदेशका कोषाध्यक्ष बोधराज पौडेलले महिला दिवसको अवसरमा शुभकामना दिँदै शिक्षा क्षेत्रमा महिला शिक्षकले नाम निकाल्ने लहरको बाढी आउनु सुखद् हो भन्दै अब नेतृत्वमा पनि महिला शिक्षक आउनुपर्ने बताए । त्यस्तै शिक्षक महासङ्घको गठन प्रक्रियामा गण्डकी प्रदेशको कास्की र गोरखामा भएको विवाद अब सकिएको र छिट्टै जिल्ला र पालिकास्तरमा महासङ्घ गठन हुने बताए ।

माछापुच्छ्रे गापा वडा न ६ का वडाध्यक्ष टेकनाथ गौतमले आफू शिक्षक हुँदाको अनुभव सुनाउँदै अहिलेको अवस्थामा गुरु हुन निकै चुनौती रहेको बताए । विद्यार्थीको सिकाइ उपलब्धी सोचेजस्तो नआउनुमा शिक्षक मात्र दोषी नहुने हुँदा यस्तो हुनुको कारण र समाधानका लागि उपायहरु खोजिनु पर्ने बताए । नेराशिसं कास्कीकी सहसचिव तथा नेराशिसं माछापुच्छ्रे गापाकी इन्चार्ज जुना थापाले महिला दिवसको शुभकामना दिँदै आसनमा महिला, शासनमा महिला र भाषणमा महिला हुनुपर्ने बताइन् । त्यस्तै उनले सङ्गठन सुदृढीकरण र विस्तारमा नेराशिसं माछापुच्छ्रे गापा निरन्तर लागिरहेको बताउँदै सङ्गठनको गुणात्मक र परिमाणात्मक दुवैको विकासमा जोड दिनुपर्ने बताइन्। कर्तव्य र अधिकार एकै सिक्का दुई पाटा भएकाले अधिकार खोज्नुपूर्व शिक्षकले कर्तव्य, आचारसंहिता, ऐननियम कानुनको पालना पर्नुपर्ने बताइन् ।
नेराशिसं माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद चापागाईँले शिक्षकका जायज माग र हकहितका लागि नेराशिसं माछापुच्छ्रे गाउँपालिका मिसन र भिजन लिएर अगाडि बढेको भन्दै शिक्षकरुलाई सङ्घर्षमा नआत्तिन आग्रह गरे । त्यस्तै कार्यक्रममा नेराशिसं गण्डकी प्रदेशका सदस्य उमनाथ गौतम, नेराशिसं माछापुच्छ्रे गापाका पूर्व अध्यक्ष लक्ष्यबहादुर क्षेत्री, उत्कृष्ठ प्रधानाध्यापकबाट सम्मानित माछापुच्छ्रे माविका प्रअ सन्तोष आचार्य, नेकपा एमाले माछापुच्छ्रे गापाकि पूर्व उपाध्यक्ष कृष्णकुमारी दवाडी, नेपाल शिक्षक संघ माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष विदुरचन्द्र ढकाल, एकीकृत अखिल नेपाल शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रावत, नेपाल राष्ट्रिय शिक्षक परिषदका अध्यक्ष भिमलाल अधिकारीलगायतले शुभकामना व्यक्त गरे ।
कार्यक्रममा नेराशिसं माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद चापागाईँको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सन्तोष देवकोटाले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष बलराम पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष जितबहादुर क्षेत्रीले धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका उत्कृष्ट प्रधानाध्यापक, नवनियुक्त प्रधानाध्यापक, बढुवा हुनुभएका शिक्षक, सेवा निवृत्त सर शिक्षक र शिक्षक सेवा आयोगबाट नियुक्त भएका नवनियुक्त शिक्षकलाई सम्मान गरिएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38