ताजा खबर

महिला सशक्तिकरणको लागि तिनदिने उद्घोषण एवं नेतृत्व बिकास तालिम सम्पन्न

   १६ चैत्र २०७५, शनिबार ०८:४७      1,562 views

महिलाहरुलाई नेतृत्वदायी क्षेत्रमा सक्रिय बनाउने उद्धेश्यका साथ लेखनाथको राजाको चौतारीमा संचालन गरिएको महिला सशक्तिकरणको लागि तिनदिने उद्घोषण एवं नेतृत्व बिकास तालिम शुक्रबार सम्पन्न भएको छ ।

आर्दश आमा समूहको आयोजना, पोखरा महानगरपालिका वडा नं ३२ को सहयोग साथै रेडियो जननी ९०.६ को सहकार्यमा संचालित उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेडियो जननी ९०.६ का अध्यक्ष मिलन थापाले महिलाहरुको नेतृत्वदायी भुमिकालाई मजबुत बनाउन तालिमले सहयोग पु¥याउने बताउनुभयो । घर, परिवारलाई व्यवस्थापन गर्दै आफ्नो निम्ति समय छ्ट्याएर केही सिक्ने उर्जाका साथ उपस्थिती भएको प्रति आभार व्यक्त गर्नुभयो ।


सोही कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका महिला उद्यमी संयोजक सदस्य मेनुका श्रेष्ठले तालिमबाट प्राप्त बिषय बस्तुहरुलाई व्यवहारमा उतार्न महिलाहरुलाई आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा बोल्दै आर्दश आमा समुहका अध्यक्ष पद्या गिरीले महिला सशक्तिकरणका निम्ति यस्ता नेतृत्वमुखी तालिमले निकै प्रभाव पारेको बताउनुभयो । अवसरलाई पहिचान गर्दै कामको सुरुवात गर्नुपर्नेमा उहाँको जोड थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284