ताजा खबर

माघ ११ गते देखि पोखरामा गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगिता हुने

   ६ माघ २०७५, आईतवार १९:०४      2,428 views

कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा यही माघ ११ गते देखि पोखरामा गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगिता २०७५ हुने भएको छ ।

८औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप यही माघ १२ गतेसम्म पोखरा रंगशालामा गण्डकी प्रदेशका खेलाडीहरुको प्रतिभा प्रष्फुटन गराउने उद्धेश्य सहित उक्त प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गरार्ईएको हो ।

हिमालयन कम्प्युटरको मुख्य प्रायोजनामा संचालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ७ जिल्लाका ७० जना खेलाडीहरुले विभिन्न तौल समुहमा प्रतिष्प्रर्धा गर्ने भएको कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले बताए ।

उनले भने “ युवायुवतीहरुलाई कुलतबाट जोगाउन, उनीहरुको आत्मवल बढाउन , उत्तरदायी नेतृत्व क्षमता विकास गर्न रोजगारीको अवसर सिर्जना गर्न खेलाडी र प्रशिक्षकहरुको क्षमता अभिवृद्धि गर्दै उत्कृष्ट परिणाम प्राप्त गरि महानगरपालिका जिल्ला प्रदेश र नेपालकै शान बढाउन नयाँ प्रतिभावा खेलाडीहरु पहिचान गर्न यस्ता प्रतियोगिताले सहयोग पुराएको हुन्छ । ”

आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्न समेत उक्त प्रतियोगिताले थप सहयोग पुग्ने उनले जनाए । प्रतियोगितामा उत्कृष्ट फाईटर महिला तथा पुरुषलाइ जनहि १० हजार पुरस्कार प्रदान गर्ने अध्यक्ष गुरुङले जनाए ।

प्रतियोगिता सम्पन्न गर्न ४ लाख २८ हजार खर्च लाग्ने प्रतियोगिताका संयोजक कुलचन्द्र शर्माले बताए । स्वस्थ्य अनुशासित र सुरक्षित नागरिक हाम्रो अभिभारा को मुल उदेश्य लिई स्थापना भएको संघले २३ वटा डोजाङ र स्कुलहरुमा हजार २ सय भन्दा बढि खेलाडीहरुलाई तेक्वान्दो खेलको प्रशिक्षण दिदै आइरहेको संघले जनाएको ।

यसैबिच, संघका अध्यक्ष गुरुङले आफुहरुले प्राप्त मात्रमा जग्गा प्राप्त गर्न नसक्दा तेक्वान्दोको कवर्ड हल बनाउने अभियान अन्र्तगत निमार्ण कार्य अघि बढ्न नसकेको बताए ।

विगत ८ बर्ष देखि आफ्नै कवर्ड हल निमार्णको लागि लागेको संघले हालसम्म स्वदेशी तथा विदेशी दाता, देउसी भैलो लगायतका कार्यक्रमबाट ४० लाख रुपैया समेत जुटाएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284