ताजा खबर

माघ १ गतेबाट शुरु हुने सिक्लेस माघे सक्रान्ति मेलाको सम्पुर्ण तयारी पुरा

   २८ पुष २०७५, शनिबार १२:०८      2,297 views

सिक्लेसमा प्रत्येक वर्ष आयोजना हुने माघे सक्रान्ति मेलाको तयारी पुरा भएको छ । माघे १ गते सिक्लेस जन्म थलो भई हाल तमू धी युकेको अध्यक्ष समेत रहनु भएका युवा समाजसेवी नन्दजंग गुरुङले मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको मेला संयोजक तथा सिक्लेस युवा क्लवका सचिव मिलन गुरुङले आज पोखरामा पत्रकार सम्मेलन मार्पmत जानकारी दिनुभयो ।


आयोजकका अनुसार सिक्लेस युवा क्लवले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको मेला तथा क्लबको २४औँ वार्षिकउत्सव कार्यक्रमको लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

माघ १ गतेदेखि ४ गतेसम्म आयोजना हुने मेला अवधीभर स्थानिय तिर्थस्थलहरु “म्हउदु” र “फैमक्यु” मा स्नान गरी पुजाआजा गर्ने, स्थानिय “स प्वू” मा परम्परागत रुपमा संचालन हुदै आएको खुल्ला ठेलो (छेलो) प्रतियोगिता, लोपोन्मुख लोक भाकामा बाबा आमाहरुको विजोड साँङगेतिक प्रस्तुती, लोक दोहोरी, रसाकस्सी, महिलाहरुको लागि सियो धागो प्रतियोगिता तथा घैंटो फुटाई कार्यक्रम सञ्चालन हुने सिक्लेस युवा क्लवका पुर्व अध्यक्ष देवीजंग गुरुङले जानकारी दिनुभयो ।


मेलामा पुरुष र महिला भलिबल, वास्केटवल तथा गाउँ स्तरिय सामुहिक नृत्य प्रतियोगिता लगायतका कार्यक्रम समावेश हुनेछ । माघ २ गते साँझ सिक्लेस सामुदायिक भवनमा आयोजना हुने गाउँ स्तरिय सामुहिक नृत्य प्रतियोगिता मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)को प्रमुख अतिथ्यतामा हुने भएको छ ।

उक्त प्रतियोगितामा प्रथम हुने समुहले ४० हजार र दोस्रो हुने समुहले ३० हजार तथा तेस्रो हुने समुहले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उत्कृष्ट भेषभूषा र नृत्य निर्देशकलाई १० हजार पुरस्कार प्रदान गरिने छ ।


यस्तै मेलामा समावेश हुने पुरुष भलिबल र वास्केटबलमा प्रथम हुने टिमले ५० हजार दोस्रो हुने टिमले ४० हजार पुरस्कार प्राप्त गर्नेछ भने महिला भलिबलमा प्रथम हुने टिमले २० हजार र दोस्रो हुने टिमले १५ हजार पुरस्कार प्राप्त गर्नेछ ।


यसैगरी घैंटो फुटाई खेल जित्नेले ५ हजार तथा महिलाहरुको लागि सियोधानो प्रतियोगिताका विजेताले २ हजार रसाकस्सी प्रतियोगितामा प्रथम हुने समुहले १५ हजार तथा दोस्रो हुने समुहले १० हजार पुरस्कार प्रदान गरिने भएको छ ।


यसैबीच सिक्लेसी माझ लोकप्रिय प्राचीन खेल ठेलो (छेलो) प्रतियोगितामा प्रथम हुनेले यसवर्ष नगद ४० हजार पुरस्कार पाउने भएको छ भने दोस्रो हुनेले ३५ हजार नगद पुरस्कार प्राप्त गर्ने भएको छ । पाँच केजी तौल रहेको फलामको छेलो जसले फराकिलो दुरीमा फाल्न सक्छ उ नै ४० हजार पुरस्कारको दावीदार हुनेछ ।


मेला सम्पन्न गर्नका लागि १० लाख रुपैंया खर्च लाग्ने तथा १२ लाख ९५ हजार आम्दानी हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।


कास्कीको मादी गाउँपालिका वडा नं. १ मा पर्ने सिक्लेस कास्कीकै हिमाली भेगमा पर्ने अन्तिम गुरुङ बस्ती हो । करिब ४ सय ५० घरधुरी रहेको सिक्लेसमा पर्यटकहरुका लागि १३ वटा होटल तथा २१ वटा होम स्टेहरु सञ्चालनमा रहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284