ताजा खबर

मादीमा गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय एक्लौटी भएको भन्दै काँग्रेसको विरोध

   १९ असार २०७६, बिहीबार ०९:०४      2,334 views

नेपाली काँग्रेस मादी गाउँपालिका कार्यसमिति र नेपाली काँग्रेसका तर्फबाट मादी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।

नेपाली काँग्रेस मादी गाउँपालिकाका संयोजक देवीजंग गुरुङको सभापतित्वमा बसेको वैठकले नेपाल सरकारको नियमावली अनुसार मादी गाउँपालिकाको याङ्जाकोट झ्यालीपोखरीबाट केन्द्र परिवर्तन गर्ने एक्लौटी निर्णय खारेजीको माग सहित १२ वटै वडाहरुलाई पायक पर्ने स्थान मादी करिडोरमा केन्द्र राख्नुपर्ने माग गरेको छ ।

साथै बैठकले ५औं गाउँ सभामा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधीहरुले राखेको संशोधन प्रस्तावमाथि छलफल नगरी सहमति, सहकार्य र एकतालाई लत्याएर जबरजस्ती गरेमा यही आषाढ २० गते बोलाइएको गाउँ सभामा आफ्ना प्रतिनिधीहरु सभामा उपस्थित भएर विरोध सहित बहिष्हकार गर्न निर्देशन दिएको छ ।
अघिल्लो वर्षका महत्वपूर्ण निर्णयहरु कार्यान्वयनमा जाने प्रतिबद्धता व्यक्त नगरेमा २० गतेको सभा बहिष्कार गर्दै २१ गतेको घोषणा सभामा प्रमुख अतिथिलाई विरोध सहित कालो झण्डा देखाउने र गाउँपालिका भरी भण्डाफोर अभियानका साथ जनताका बीचमा जाने समेत वैठकले निर्णय गरेको छ ।

साथै मादी गाउँपालिकाको समग्र विकासको लागि सहमति, सहकार्य र एकता साथ जनहितको काम कारवाहीमा लाग्न वैठकले गम्भीर ध्यानाकर्षण गराएको छ ।

मादी ८ का वडा अध्यक्ष एवम् प्रतिपक्षी दलका नेत यमबहादुर गुरुङ र नेपाली काँग्रेस मादी गाउँपालिका सचिव भानु ढकालद्धारा जारी प्रेस विज्ञप्ती मार्फत उक्त विरोध गरिएको हो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284