ताजा खबर

मादी गाउँपालिकाको चौथो गाउँसभा आजबाट सुरु

   २४ माघ २०७५, बिहीबार २२:३५      2,250 views

लालबहादुर गुरुङ वडा अध्यक्ष मादी ७

कास्कीको मादी गाउँपालिकाको हिउँदे अधिवेशन आजबाट गाउँपालिका केन्द्र याङजाकोटमा सुरु भएको छ । भोलिसम्म चल्ने अधिवेशनको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले पानसमा दिप प्रज्वलन गरि उद्घघाटन गर्नुभयो ।


उद्घघाटन समारोहमा अध्यक्ष गुरुङले यस आर्थिक वर्षमा गाउँपालिकाले गरेका गतिबिधी, प्रगति बिबरण पारित गरेका कार्यविधी ऐन लगायत बिषय समेटिएको प्रतिबेदन पेस गर्नु भएको छ।
प्रतिबेदनमा यसवर्ष तेस्रो गाउँसभाबाट पारित कुल ४६ करोड २ लाख ३३ हजार ६ सय ४ मध्ये हालसम्म गाउँपालिकालाई १४ करोड ४५ लाख ३९ हजार ६५ प्राप्त भएको र १२ करोड ९८ लाख ७१ हजार २ सय २७ रुपैया खर्च भएको उल्लेख गर्नुभयो ।


यो खर्च चालु खर्चको ८४.८७५ र पुँजीगत १५.१३५ हो । हालसम्म गाउँपालिकाले ४२ वटा ऐन, नियमावली, कार्यविधी पारित गरेको जनाएको छ । जसमा अपाङ्ग परिचय पत्र बितरण सम्बन्धी कार्यविधी २०७५, होम स्टे कार्यविधी २०७५, अध्यक्षसँग युवा स्वरोजगार कार्यविधी २०७५, शिक्षा ऐन, कृषी ऐन, जलस्रोत ऐन लगायत रहेको छ ।


यसवर्ष हालसम्म ३० पटक कार्यपालिकाको वैठक वसेको र २ हजार ६ सय ६८ घर कायम गरेको, मादी गौरवको आयोजनाहरु याङजाकोटबाट तोगी, भाचोक जाने सडकमा प्रदेश सरकारबाट ५० लाख बजेटको रकम पार्न पहल गरेको तथा बिजयपुर खोलाको मोटरेबल पुल शिलान्यस तथा सिक्लेसमा शान्ति स्तुपाको निर्माण सम्पन्न गरेको उल्लेख छ ।


यस्तै प्रतिवेदनमा काहुँखोला दुधपोखरी सडक कालो पत्रेको सुरुवातको लागी टेण्डरको प्रक्रियामा रहेको, काउरे ताङ्तिङ सडक र राखी मिजुरे सडकलाई राष्ट्रिय ग्रामिण यातयात परियोजनाबाट सडक सुधारका लागि क्रमश २ करोड ३६ लाख र ३ करोड बजेट आएको उल्लेख गरिएको छ ।


यसका अलाव थुम्सीकोटमा सामुदायिक भवन लगायत वडा कार्यलयहरुको डि पि आर भएको, ताङतिङबाट क्होला सोथर जोड्ने सम्पदा सडकलाई ७० लाख बजेट सहित स्थानिय पुर्बधारबाट बिनियोजन भएको उल्लेख छ । १२ वटै वडामा १ घर १ धारा खानेपानी योजनाको डि पि आर भईरहेको, सेती खोला, ईदी खोला र वार्दी खोलाको मोटेरेबल पुलको डि पि आर गरेको, मादी र घुम्लेको पुल निर्माणधिन रहेको , गाउँपालिका महासँगको अधिबेशन ताङतिङमा सम्पन्न गरेको, गाउँपालिकालाई सुचना प्रविधीमैत्री बनाउन अप्टीकल फाईबर लिक लाईन जडान गरेको,

सार्वजानिक सुनुवाई गरेको, उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत लैगिक हिसां बिरुद १६ दिने अभियान १२ बटै वडामा सम्पन्न गरेको, सिक्लेस गाउँ १ सय पर्यटन गन्तव्यमा छनोट भई ५० लाख बजेट मध्ये २५ लाखको अख्तियारी आएको, ईदी ,चत्क्यु, थाक, बुम्ले, मादी नदीमा झोलुङ्गे पुल निर्माणको चरणमा रहेको, सिक्लेस कोरी केबलकारको अध्ययनको लागि आशयपत्र र सर्वेक्षण अनुमती सिक्लेस अन्नपुर्ण केबलकार प्रा.लि.लाई दिएको, गाउँपालिका केन्द्र याङाकोटसम्मको कसेरी भंैसे याङ्जाकोट सडक डि पि आर गरि कालोपत्रेको प्रक्रियामा रहेको उल्लेख छ।


साथै गाउँपालिका अध्यक्ष गुरुङले संघिय सरकार, प्रादेशिक सरकार र स्थानिय स्तरमा उपलब्ध हुने श्रोत साधन, सीप क्षमता र प्रबिधीको अधिकतम परिचालन गर्दै स्थानिय आवश्यकता अनुरुपका विकास कार्यक्रमहरु संंचालन गरि जन आवश्यकता अनुसार सेवा प्रबाह गर्न आफुहरु तयार रहेको बताउनु भयो।


बैठकमा गाउँपालिका उपाध्यक्ष बिष्णु पौडेल आचायले छलफलका एजेण्डाहरु राख्नु भएको थियो । वैठकमा हालसम्म कार्यपालिका बैठकले गरेका निर्णयहरुको अनुमोदन, बजेटको सामान्य संशोधन, पारित गरेका कार्यविधीहरुबारे छलफल, महालेखा परिक्षकबाट प्राप्त प्रतिबेदन माथी छलफल हुने मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले बताउनु भयो ।

जारी अधिबेशनमा मादीका १२ वटा वडाका ६२ जना जनप्रतिनिधीहरुको सहभागिता रहेको छ भने सन्चालन मादी गाउँपालिकाको प्रमुख प्रशाशकिय अधिकृत युवराज अधीकारीले गर्नु भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284