ताजा खबर

मादी गाउँपालिकाद्धारा डा.जगमान गुरुङलाई मादी जन्मभूमि पुरस्कार अर्पण

   १४ आश्विन २०७६, मंगलवार २१:४६      2,197 views

मादी गाउँपालिका कास्कीले २०७६ सालको विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान तथा झण्डा पुजा कार्यक्रम आज मादी गाउँपालिकाको कार्यालय याङजाकोटमा सम्पन्न गरेको छ ।

संस्कृतिविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर जगमान गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा गाउँपालिकाले यसअघि घोषित मादी जन्मभूमि पुरस्कार नगद ५० हजार र ताम्रपत्रबाट उपकुलपति गुरुङलाई सम्मान गरेको छ ।

गाउँपालिका अध्यक्ष वेदवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया पौडेलले सहभागीलाई मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो, भने कार्यक्रममा मादीका १२ वटै वडा अध्यक्ष, कार्यपालिका सदस्य, लेखा समिति, विधायन समिति तथा सुशासन समितिका पदाधिकारीहरु, जि.स.स. समिति सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस प्रतिनिधि देविजङ्ग गुरुङ, वडा अध्यक्ष मित्र वहादुर गुरुङ, जिल्ला समन्वय समिति सदस्य वृहस्पती सापकोटा तथा गाउँपालिका अध्यक्ष वेदवहादुर गुरुङले विजया दशमीको सबैमा शुभकामना दिनुभएको थियो । कार्यक्रम सञ्चालन गाउँपालिकाका खरिदार वदनाथ ढकालले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284