ताजा खबर

मादी नदीको ज्याम्दुमा मोटरवेल पुल उदघाटनसँगै १५ शैयाको अस्पताल शिलान्यास

   १५ मंसिर २०७७, सोमबार १९:२५      1,266 views

कास्कीको मादी गाउँपालिका वडा नं. ३ र ७ जोड्ने ज्याम्दुमा मादी नदी माथि निर्माण सम्पन्न भएको मोटरवेल पुलको आज संघीय सांसद तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको छ ।

२०७२ सालको चैत्र महिनामा निर्माण सम्झौता भएको सो पूल निर्माण भईरहेकै अवस्थामा मादी नदीले बगाएपछि बीचमा निर्माणको काम अलपत्र परेको थियो । स्थानि य निर्वाचनपछि मादीका जनप्रतिनिधिले पुनः पहल थालेर सो पूलको निर्माण कार्य दोस्रो चरणमा फेरि शुरु गरिएको थियो ।
करिब ८ करोडको लागतमा निर्माण सम्पन्न भएको सो पूल ८२.५ मिटर लम्बाई रहेको छ भने दुईवटा स्पान रहेको छ ।

आज पूलको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद खगराज अधिकारीले अहिले देश कोरोनाको महामारीबाट अक्रान्त हुँदा पनि विकास निर्माणको कुनै पनि काम भने नरोकिएको बताउनुभयो । विकास भन्ने कुरा निरन्तर चलिरहने प्रक्रिया रहेको भन्दै एकछिन पनि विकासको काम नरोकिने र रोक्न नहुने उहाँको भनाई छ ।


हिजो मादीलाई कर्णाली देख्नेहरुले अब केहि वर्षमै मादीलाई नमूना गाउँपालिकाको रुपमा देख्न पाउने भन्दै आफू मादीको समृद्धिको लागि स्वास्थ्यले साथ दिदाँसम्म हरपल लागि रहने बताउनुभयो ।

अहिले देशको शिक्षा प्रणाली कमजोर र पुरानो भएकोले अब सरकारले प्राविधिक शिक्षामा जोड दिएको र मादीमा उपयुक्त स्थान फेला पर्ने बित्तिकै आफूहरु प्राविधिक शिक्षालय खोल्ने क्रममा रहेको पनि उहाँले बताउनुभयो ।

घरमा आमा बाबा र विद्यालयमा शिक्षकले राम्रो संस्कार दिएमात्रै असल विद्यार्थी उत्पादन हुने भएकोले शिक्षक अभिभावक सबै जना यसमा सचेत हुनुपर्ने बताउनुभयो ।


मादीको थप समृद्धिको लागि अब मध्य पहाडी लोकमार्गलाई भंैसेबाट ज्याम्दु हुँदै मेलबोटबाट मौजा जोड्नको लागि आफूहरु लागि परेको र त्यसो भएमा मादी गाउँपालिका राजमार्ग सहितको सुगम गाउँपालिका बन्ने उहाँको भनाई रहेको छ ।


कार्यक्रममा गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले आफूहरुले चुनावको बेला जनतासँग गरेको सबै बाचा पुरा गर्दै आएको भन्दै अझै पनि जनताको केही समस्या भएमा आफूहरुलाई भन्न समेत आग्रह गर्नुभयो ।

अब मादीमा एकघर एक धारा प्रत्येक वडामा पुग्ने र खरको छानो भएको घरलाई टिनका छानो राख्नका निम्ती पालिकाले सहयोग गर्ने भन्दै जनताको आधारभूत आवश्यकताहरुलाई विस्तारै पुरा गर्दै आएको बताउनुभयो । विकास निर्माणको काममा जनताले पनि अवरोध नगरी साथ दिनुपर्ने उहाँको भनाई रहेको छ ।

पूलको उघ्टान पुर्व आजै मादी ७ मा पर्ने ज्याम्दुको खानटारीमा १५ शैयाको अस्पताल समेत कार्यक्रमका प्रमुख अतिथि अधिकारीले शिलान्यास गर्नुभयो । १८ करोडको लागतमा बन्ने सो अस्पतालमा ३ जना डाक्टर सहित २७ जना कर्मचारीबाट विशेषज्ञ सहितको सेवा दिइने छ ।

मादी ६ का वडा अध्यक्ष पसबहादुर बास्तोलाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर अधिकारी क्षेत्री, नेकपा कास्की जिल्ला सदस्य बुद्धिसागर सापकोटा, मादी गाउँपालिका लेखा समितिका सभापति तथा काँग्रेसका युवा नेता सरोज के.सी. , नौलो घुम्ती नेपालका निर्देशक अनिष गुरुङ लगायतले बोल्नु भएको थियो ।

कार्यक्रमलाई समापन गर्दै मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले आजको दिन मादीको लागि टर्निङ प्वाइन्ट भएको भन्दै मादीको माथिल्लो बेल्टलाई जोडने यो पूलले मादीलाई विटकताबाट निकटता तर्फ जोडेको बताउनुभयो ।

मादीको १ देखि ७ सम्मको वडालाई विशेषज्ञ सेवा सहितको अस्पतालको खाँचो रहेको अवस्थालाई मध्यनजर गर्दै आफूहरुले मादी ७ मा नयाँ अस्पताल निर्माणको प्रक्रिया शुरु गरेको र अस्पताल निर्माणको लागि जग्गा उपलब्ध गराउने जग्गा दाता लगायत सबैलाई आभार समेत व्यक्त गर्नुभयो ।

मादी गाउँपालिकका कार्यकारी अधिकृत नारायण सापकोटाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।


कार्यक्रममा मादीको १ देखि ७ नम्बर वडासम्मका विभिन्न स्थानबाट स्थानियको व्यापक सहभागिता रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284