ताजा खबर

मादी २ सेतीखोला रोही गाउँमा १ महिने सिलाईकटाई तालिम सम्पन्न ।

   १२ बैशाख २०७६, बिहीबार १९:२८      2,041 views

कास्कीको मादी गाउँपालिका २ सेतीखोला रोही गाउँमा गत चैत्र १२ गतेबाट सञ्चालित एक महिने सिलाईकटाई तालिम आज एक समारोहका बीच सम्पन्न भएको छ ।

तालिमको समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मादी २ का वडा अध्यक्ष एकजंङ गुरुङले तालिमले महिलाहरु सिपयुक्त भएकोले अब आत्मानिर्भर हुनुपर्ने भन्दै घरघरमा दक्ष जनशक्ती भए मात्र समुदाय र देशको विकास हुने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि मादी ७ का वडा अध्यक्ष तथा युवा नेता लालबहादुर गुरुङले मादी गाउँपालिकाले एक घर एक धारा जस्तै एक घर एक रोजगारी ग्यारेन्टी गर्न लागि परेको बताउँदै यस तालिमले स्वरोजगार मात्र नभई उद्येमी बन्न सघाउने बताउनुभयो ।


स्थानिय सरकार जनताको समस्या सामाधान गरि विकासको लहर बढाउन अघि बढेको हुँदा यसकार्यमा सम्पु्र्णको साथ हुनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा नारायणी आधारभुत विद्यालयका प्रधानाध्यापक दशरथ सापकोटाले सिकाई उपल्व्धी पुर्ण बनाउन अझ सिकाईको लेबल बढाउँदै जानुपर्ने बताउनुभयो ।

यस्तै तालिमका प्रशिक्षक देवबहादुर परियार, मादी २ का वडा सदस्य वृन्दा कुमारी परियार, प्रशिक्षार्थी तथा सेतीखोला रोही गाउँ आमा समुहकी अध्यक्ष विष्णुमाया खत्री, सेतीखोला युवा क्लबका अध्यक्ष झपेन्द्र थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।


मादी गाउँपालिका वडा कार्यालयको एक लाख र सेतीखोला रोही गाउँ आमा समुहको पचास हजार गरि एक लाख पचास हजारको लागतमा सञ्चालित एक महिने तालिममा २६ जना महिलाहरु सहभागी भएका थिए । ४ समुह छुट्टाई प्रत्येक सहभागिलाई दक्ष बनाउने उद्देश्य सहित प्रशिक्षक देवबहादुर परियारले तालिमको सहजीकरण गर्नुभएको थियो ।

समापन समारोहको सञ्चालन मादी २ का वडा सदस्य दिल गुरुङले गर्नुभएको थियो । भने कार्यक्रम स्थानिय आमा समुहकी प्रतिनिधी चन्द्रकली थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284