ताजा खबर

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र कप्तान पारस खडकाद्धारा पोखरा क्रिकेट मैदानको निरिक्षण

   २० असार २०७६, शुक्रबार १२:२४      1,542 views

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷०७७ मा पोखराको क्रिकेट मैदानको पूर्वाधार निर्माण गर्न २ करोड बिनियोजन गरे पछि सरकारले काम अघि बढाउन चासो देखाएको छ ।

पोखरा प्रिमयर लिगको दोश्रो संस्करणको तयारी र १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा समेत क्रिकेट पोखरामा गर्न सकिने बारेको अध्ययनका लागि पोखरा आएका नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खडका, उपकप्तान ज्ञानेन्द्र मल्ल सहितको टोलीले बिहिबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंगको भेट पछि मुख्य मन्त्रि गुरुङ सहित को टोलीले क्रिकेट मैदानको निरिक्षण गरेको हो ।

पोखरा रंगशाला स्थित क्रिकेट खेल मैदानको निरिक्षणका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी शुव्वा गुरुङ, प्रदेश भौतिक तथा योजना मन्त्रि रामशरण बस्नेत, नेपाल क्रिकेट संघका पूर्ब अध्यक्ष तथा प्रदेश सांसद दिपक कोइराला, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खडका, उपकप्तान ज्ञानेन्द्र मल्ल, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, पिपिएल आयोजक संस्था क्विन्स इभेन्टका प्रवन्ध निर्देशक छुम्वी लामा लगाएतले निरिक्षण गरेका थिए ।

पोखरा रंगशालाको उक्त क्रिकेट खेल मैदान निर्माण गर्न संघिय सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा ३ करोड र प्रदेश सरकारले २ करोड बिनियोजन गरेको छ । मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले बिनियोजन गरेको रकम लाई फाष्ट ट्रायकमा कसरी काम सम्पन्न गर्न सकिन्छ भन्ने बारे सबैको परामर्श लिएको निरिक्षण टोली मध्येका एक नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष पौडेलले बताए । उनले भने–‘मिले सम्म १३ औं सागमा क्रिकेट पोखरामा नै आयोजना गर्ने भन्ने बारे पनि छलफल भएको छ ।’

क्रिकेट मैदानमा अवश्यक चेन्जिङ रुम, सुविधा सम्पन्न शौचालय र बाथरुम पहिलो फेजमा निर्माण गर्र्नु पर्ने कुरा निरिक्षणका क्रममा औंल्याइएको अध्यक्ष पौडेलले बताउँदै भने–‘यदि हामीले त्यती सम्म हालका लागि बनाउन सक्यौं भने १३ औं सागको क्रिकेट पनि पोखरामा गर्ने वातावरण बन्न सक्छ ।’

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284