ताजा खबर

मौजाका विद्यार्थीलाई सेनिटरी प्याड

   ७ माघ २०७५, सोमबार १८:२६      1,622 views

रोटरी क्लब अफ पोखरा न्युरोडले पोखरा–२० मौजाका विद्यार्थीलाई सेनिटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेको छ । रोटरी मोडल भिलेज अभियान अन्तर्गत क्लबले सोमबार मौजाको हिमालय माविका छात्रालाई पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरको हो ।


बाबा फाउन्डेसनसँगको सहकार्यमा क्लबले सेनिटरी प्याड, कापी, कलम लगायत सामग्री विद्यालयलाई हस्तान्तरण गरेको छ । प्रिमियर इन्स्योरेन्सको सहयोगमा क्लबले हाइजिन किट समेत सहयोग ग¥यो ।

रोटरी क्लबकै पहलमा उत्कृष्ट सय गन्तब्यभित्र परेको मौजालाई चार वर्षभित्र मोडल भिलेज बनाउने क्लबको योजना छ । क्लबले आधारभूत शिक्षा तथा साक्षरता, शुद्ध पिउने पानी तथा सरसफाइ, रोग निवारण, शान्ति तथा द्वन्द्व व्यवस्थापन, मातृ शिशु स्वास्थ्य र आर्थिक तथा सामुदायिक विकासको अवधारणा अघि सारेको छ । गत जेठदेखि क्लबले उक्त अवधारणामा विविध कार्यक्रम गर्दै आएको छ ।


क्लबका तर्फबाट मोडल भिलेज कार्यक्रमका संयोजक सुवास सिग्देलले नमूना गाउँ बन्न आवश्यक विद्यार्थीको स्वास्थ्य तथा सरसफाइलाई मध्यनजर गर्दै क्लबले उक्त सामग्री प्रदान गरेको बताए । ‘महिनावारी हुँदा कतिपय विद्यार्थी लाजले विद्यालय नै नआउने अवस्था छ,’ सहयोग हस्तान्तरण कार्यक्रममा उनले भने, ‘यो लाजको विषय होइन भन्नका लागि विद्यालयबाटै सेनिटरी प्याड उपलब्ध होस् भनेर सहयोग गरेका हौं ।’ उनले पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याडले वातावरण समेत दुषित नबनाउने उल्लेख गरे ।


क्लबका अध्यक्ष पुष्पकमल पौडेलले चार वर्षभित्र मोडल भिलेज घोषणा गर्न विद्यार्थीको उल्लेख्य भूमिका हुने बताए । ‘गाउँमा युवा र विद्यार्थीको सक्रिएता भएमात्रै हाम्रो अभियानले सफलता पाउँछ,’ उनले भने, ‘विद्यार्थीको आवश्यकताअनुसार स्टेसनरी र पोशाक पनि उपलब्ध गराउँछौं ।’ उनले मोडल भिलेजका लागि आवश्यक अन्य पूर्वाधार चार वर्षभित्र पुरा गर्ने जनाए ।


विद्यालयका प्रधानाध्यापक मणिराज परियारले छात्रालाई अत्यावश्यक रहेको सेनिटरी प्याड सहयोग गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गरे । क्लबले बाबा फाउन्डेसनसँगको सहकार्यमा विभिन्न शिक्षा तथा वातावरणको क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284