ताजा खबर

‘लोकबहादुर गुरुङ स्मृति पुरस्कार’बाट ३५ हजार नगद सहित पत्रकार आश गुरुङलाई सम्मान गरिने

   ३२ श्रावण २०७७, आईतवार १७:२३      1,894 views

यसवर्षको लोकबहादुर गुरुङ स्मृति पुरस्कार पत्रकार महासंघ लमजुङका अध्यक्ष तथा कान्तिपुर दैनिकका लमजुङ संवाददाता आश गुरुङलाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका सचिव रोशनी गुरुङ संयोजक तथा प्रतिष्ठानका अध्यक्ष पदेना सदस्य एवम् अग्रज पत्रकार गणेशमान गुरुङ सदस्य रहेको प्रतिभा छनौट समितिको बैठकले सिफारिस गरेको प्रतिभालाई प्रतिष्ठानको पोखरामा सम्पन्न बैठकले पत्रकार गुरुङलाई यसवर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष तथा मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले जानकारी दिनुभयो ।


वरिष्ठ संस्कृतिकर्मी, गीतकार तथा चलचित्र निर्देशक स्व.लोकबहादुर गुरुङको स्मृतिमा स्थापना गरेको सो प्रतिष्ठानले हरेक वर्ष भदौ १९ गते उहाँको स्मृति दिवसको अवसर पारेर एक जना व्यक्ति वा स्रष्टालाई सम्मान गर्दै आएको छ ।


यसवर्ष भदौ १९ गते स्व. गुरुङको छैठौ स्मृति दिवसको सन्दर्भ पारेर पत्रकार गुरुङलाई नगद ३५ हजार सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिने आयोजकले जनाएको छ ।

लमजुङको क्होंला सोंथर गाउँपालिका वडा नं. ४ भुजुङमा बाबा मङले गुरुङ र आमा आइतकुमारी गुरुङको कोखबाट जन्मिनु भएका पत्रकार आश गुरुङले वि.सं. २०५९ सालबाट पत्रकारिता शुरुवात गर्नुभएको थियो ।

पोखराबाट प्रकाशित हुँदै आएको तमू संसार त्रैमासिक पत्रिका र लमजुङको अन्तरंग साप्ताहिक पत्रिकाबाट पत्रकारिता शुरुवात गर्नुभएका गुरुङले स्थानिय र राष्ट्रिय गरि दर्जानौ सञ्चार माध्यममा काम गरिसक्नु भएको छ । हाल उहाँ पत्रकार महासंघ लमजुङका अध्यक्ष तथा कान्तिपुर राष्ट्रिय दैनिकको लमजुङ संवाददाता हुनुहुन्छ ।


पछिल्लो समय उहाँ गुरुङ गीत लेखनमा पनि क्रियाशील हुनुहुन्छ । उहाँद्धारा रचना गरिएको गुरुङ गीतहरु ए ङोल्स्यो ए ङोल्स्यो, गलबन्दी चैस्यो ङोल्स्यो लगायतको गीत गुरुङ गीत संगीतकै इतिहासमा सार्वधिक चर्चित गीतको सुचीमा पर्न सफल भएका छन् ।


पुरस्कार स्व. गुरुङ संलग्न रहेको क्षेत्रहरु गुरुङ चलचित्र, गीत संगीत, शिक्षा तथा पत्रकारिता क्षेत्रबाट कम्तिमा एक दशक निरन्तररुपमा आफनो क्षेत्रमा क्रियाशिल रहेको व्यक्ति अथवा स्रष्टालाई प्रदान गरिदै आएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284