ताजा खबर

‘योगदान राष्ट्रका लागि’ फान्डेशन कास्कीको पुर्ण बैठक पोखरामा सम्पन्न

   २२ मंसिर २०७७, सोमबार १८:४९      1,358 views

योगदान राष्ट्रका लागि कास्की जिल्ला समितिको पुर्ण बैठक पोखरामा सम्पन्न भएको छ । बैठकले कास्की जिल्ला समितिलाई पूर्णता दिएको छ ।

जसअन्तर्गत अध्यक्ष चित्रा त्रिपाठी, उपाध्यक्ष सुजन बास्तोला, सचिव योगबहादुर क्षेत्री (रबि), सहसचिव स्मृति बराल, कोषाध्यक्ष नीरु सुवेदी, सदस्यहरु मीना गुरुङ, सलिजा श्रेष्ठ, आकृति पण्डित, जीवन आचार्य, संकल्प कँडेल, चिरञ्जीवी अधिकारी, पासाङ गुरुङ, सुजन थापा मगर, कविता भणडारी, निरकमल अधिकारी, आयुष पराजुली, अस्मिता न्यौपाने, समिक्षा पौडेल, अन्जु पहारी, सौगातजंङ कार्की, सन्दीप सुनार, धर्मराज आचार्य चयन हुनुभएको छ ।


योगदान राष्ट्रको लागि फाउन्डेशन नेपालको उद्देश्यबारे जिल्ला संयोजकले प्रष्ट पार्नुभएको थियो । कुनै पनि व्यक्ति दुर्घटनामा परिसकेपछि प्राथमिक उपचारको कमीले मृत्युवरण गर्न नपरोस् र फाउन्डेशनका कुनै पनि सदस्यहरुले अस्पतालसम्म पुरयाउन सहयोग गर्नुका साथै देशमा आइपरेको विपद्लाई फाउन्डेशनका सदस्यहरुले मिली सहकार्य गर्ने उक्त फान्डेशनको उद्देश्य रहेको छ ।


सामाजिक काम गर्ने अभियान बोकेर ‘योगदान राष्ट्रको लागि’ अभियानले देशका ७७ वटै जिल्लामा जिल्ला समिती बनाउने अभियान जारी राखेको जिल्ला सचिव रवि क्षेत्रीले जानकारी दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284