ताजा खबर

राष्ट्रिय विभूति सुब्बा नाथु गुरुङको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

   २७ पुष २०७६, आईतवार १०:३७      1,536 views

राष्ट्रिय विभूति नाथु गुरुङको स्मृति दिवस तथा छात्रवृत्ति वितरण एवम् चेलीबेटी सम्मान कार्यक्रम पोखरा याम्दीमा सम्पन्न भएको छ ।

रिभान चौर नाथु प्रल्हाद ङेह्रोपैगीलम परिवारको आयोजनामा भएको उक्त कार्यक्रममा परिवारभित्रका उच्च शिक्षा हासिल गरेका छोराछोरीलाई छात्रवृत्ति वितरण गरेको थियो भने विभिन्न क्षेत्रमा योगदान पुरयाएका चेलीबेटीलाई सम्मान गरिएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तमू धीं नेपालकी अध्यक्ष कर्म तमूले अब तमू जातिको सहिदहरु नाथु गुरुङ, प्रल्हाद गुरुङ लगायत अन्य धेरै वीर सहिदहरुको इतिहास नेपाली पाठ्य पुस्तकमा समावेश गरेर अध्ययन अध्यापन गराउन राज्यसँग माग गर्नुपर्ने बताउनुभयो । तमू धी नेपाल त्यसको लागि तयार रहेको समेत उहाँको भनाई रहेको छ ।

यस्तै गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी तमूले तमूहरुको संघ संस्थामा गर्ने अधिकांश कार्यक्रमहरुमा युवाहरुको जमात कहाँ छ भनेर प्रश्न गर्नुभयो ।


अबको वीरता भनेको युवा पुस्ताको हातमा रहेको भन्दै युवाहरु गलत बाटोमा हिड्यो भने समाज अधोगतिमा जाने भन्दै तमू जातिको इतिहास खोज्ने, लेख्ने र पढने काम अब युवा पुस्ताको काँधमा रहेको बताउनु भयो ।

यस्तै प्रतिष्ठानका सल्लाहकार वरिष्ठ अधिवक्त कृष्णबहादुर तमूले प्रतिष्ठानका सबै सदस्यहरुमा एकता भयो भने मात्रै सबैको हित हुने भन्दै सबैको एकतामा जोड दिनुभयो ।

कार्यक्रममा कवि रोशनी गुरुङले कविता वाचन गरेका थिए भने कलाकार द्धय शंकर विरही गुरुङ र पूजा गुरुङले गीत गाएर सहभागिलाई मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष क्या.डम्बरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव यामबहादुर गुरुङ र सदस्य चिजबहादुर गुरुङले संयुक्तरुपमा सञ्चालन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284