ताजा खबर

रोहितको कप्तानीमा १८ सदस्यीय यु–१९ क्रिकेट टोली घोषणा

   २ चैत्र २०७५, शनिबार १७:४०      2,400 views

रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ‘यु–१९ क्रिकेट वर्ल्डकप क्वालिफायर एसिया’का लागि नेपाली टोली शनिबार घोषणा गरिएको छ ।

यसअघि, यु–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन गर्दै १८ सदस्यीय टोलीको घोषणा गरिएको प्रशिक्षक विनोद दासले जानकारी दिए ।

१८ सदस्यीय नेपाली टोलीमा कप्तान रोहितसँगै आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रवीकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेर मल्ल छन् ।

नेपाली टोली वर्ल्डकप क्वालिफायरको तयारीका लागि भारत जाने र त्यसपछि १४ सदस्यीय अन्तिम टोली घोषणा हुने प्रशिक्षक दासले जानकारी दिए ।

५२ खेलाडीबाट १८ खेलाडी छानिएका हुन् । यु–१९ वर्ल्डकपको एसियन क्वालिफायरका खेल आगामी अप्रिल १० देखि २० सम्म मलेसियामा हुँदैछ । मलेसिया जानुअघि नेपालले भारतमासमेत अभ्यास खेलहरु खेल्नेछ । अभ्यास खेलका लागि शनिबारै नेपाली टोली भारत गएको छ ।

नेपाली टोलीमा फिजियो विनोद न्यौपाने र एनालिस्ट सुरज रत्न शाक्यपनि भारत गएका छ्न ।

भारतमा नेपाली टोलीलाई ब्याटिङ कन्सलटेन्टमा अपूर्व देसाई र ट्रेनरकारुपमा सुवास पात्रोले सहयोग गर्ने प्रशिक्षक दासले जानकारी दिए । नेपालले भारतमा रहँदा आन्द्र प्रदेश क्रिकेट टोलीसँग चारओटा अध्यास खेल खेल्नेछ । रासस


साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284