ताजा खबर

लण्डनका उपमेयर लक्ष्य गुरुङलाई ताङतिङ दुधपोखरी तमु समाजको सम्मान

   २१ श्रावण २०७६, मंगलवार १२:४०      2,234 views
  • हुम गुरुङ

पोखरा । बरोअप लण्डन बार्नेटका उपमेयर लक्ष्यबहादुर गुरुङलाई ताङतिङ दुध पोखरी समाज पोखराले सम्मान गरेको छ ।

कास्कीको ताङतिङ गाउँमा जन्मेर वैदेशिक रोजगारका लागि बेलायत रहेका गुरुङ बरोअप लण्डन बार्नेटका उपमेयर पदमा निर्वाचित हुनु भएको भन्दै पोखरामा बसोवास गर्ने ताङतिङबासीले स्वागत एवम् सम्मान गरेको हो।

उपमेयरमा निर्वाचित भए पश्चात पहिलो पटक नेपाल आउँदा गुरुङको स्वागत सम्मान गरिएको हो।

बेलायत जस्तो शहरमा उपमेयर हुनु ताङतिङ गाउँ र ताङतिङेहरुको गौरब अभिवृद्धि भएको भन्दै उहाँलाई सम्मान गरिएको हो ।

सोमबार आयोजित कार्यक्रममा उपमेयर गुरुङलाई समाजका अध्यक्ष अनरेरी सुबेदार मेजर हेमप्रसाद गुरुङ तथा महिला उद्यमी लक्ष्मी शर्माले गुरुङलाई खादा, माला, भाङ्ग्रा, बख्खु सहित ताम्रपत्रले सम्मान गर्नुभएको थियो।

सम्मान ग्रहण पश्चात उपमेयर गुरुङले धन्यवाद दिँदै आफू जन्मेको ठाउँमा आउँदा अकल्पनिय सम्मान पाएको भन्दै समाजप्रति आभार प्रकट गर्नुभयो। गुरुङले निश्चित लक्ष्यमा निरन्तर संघर्ष गरेको खण्डमा सफलता मिल्ने बताउँदै त्यसैको प्रतिफल आफूले पाएको बताउनुभयो।

कार्यक्रममा दुधपोखरी तमु समाज महिला समितिका पुर्व अध्यक्ष बाल कुमारी गुरुङ, महिला उद्यमी लक्ष्मी शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

उक्त सम्मान कार्यक्रममा समाजका आमा समिति लगायत कलाकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284