ताजा खबर

ला ग्राण्डी कलेज र युनिभर्सिटी अफ वेष्टर्न अष्ट्रेलिया बिच सहकार्य

   १३ बैशाख २०७६, शुक्रबार १९:४७      3,122 views

सम्राट गुरुङ

पोखरा महानगरपालिका वडा नं ८ मा अवस्थित ला ग्राण्डी ईन्टरनेसनल कलेज र द युनिभर्सिटी अफ वेष्टर्न अष्ट्रेलिया बीच अनुसन्धान कार्यमा सहकार्य सम्पन्न भएको छ।

गत वर्ष २०१३ मा सुईजरल्याडले आकाशेपानी संकलन र सरसफाइलाई मुख्यकेन्द्र राखी सामुदायिक विधालयमा आयोजना गरिएको ब्लु स्कुल प्रोजेक्टको प्रभावकारीको अनुसन्धानको निम्ति ला ग्राण्डीका १२ र युनिभर्सिटी अफ वेष्टर्न अष्ट्रेलियाका ५ विधार्थीहरुले सहकार्य गरिएको थियो।


सो अनुसन्धानको नतिजा प्रस्तुतिकरण साथै सेमिनार कार्यक्रम आज ला ग्राण्डी कलेजको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रम कलेजका प्राचार्य ई. किरण के.सीको अध्यक्ष्ता र पोखरा विश्वविद्यालयका फाकल्टी अफ हेल्थ साईन्सका डीन डा. खेम राज जोसीको प्रमुख अतित्थतामा सम्पन्न भएको हो।


सो कार्यक्रममा कलेजका प्रमुख देवराज चालिसे, युनिभर्सिटी अफ वेष्टन अष्ट्रेलियाका स्कुल अफ पपुलेसन एन्ड ग्योबल हेल्थका उपप्रमुख पोफ्रेसर जेन हेरओर्थ, युनिभर्सिटीकै लेक्चर्र डा.जुलाई साउन्डर, पोखरा महानगरपालिकाका प्रतिनिधि कविता पौडेल, नेफा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पौडेल, नौलो घुम्तीका निर्देशक राम शरण सेडाई, हेल्थ अफिस कास्कीका प्रतिनिधि गोपाल चन्द्र बराल र कन्चन नेपालका प्रमुख निर्मल अधिकारीको सहभागीता रहेको थियो।


कार्यक्रममा ला ग्राण्डी ईन्टरनेस्नल कलेजले हरेक ६ महिनामा प्रकाशन गर्ने चौथो ला ग्राण्डी न्युज लेटरको पनि विमोचन गरिएको थियो। कार्यक्रममा युनिभर्सिटी अफ वेष्टर्न अष्ट्रेलियाका ५ विधार्थीहरुले ब्लु प्रोजेक्टको प्रस्तुतिकरण साथै ला ग्राण्डीका विधार्थीहरु सम्राट गुरुङ, सचिन पोखरेल र मनिक राज भण्डारीले गर्नु भएको थियो।


कार्यक्रममम कलेजकै लेकचर विष्णु प्रसाद तिमल्सिनाले ञपर्यटन वर्ष २०२० को प्रस्तुतिकरण गर्दै सम्पूर्ण अष्ट्रेलिया विधार्थी र प्रोफेसरहरुलाई नेपाललाई फेरी फेरी घुम्न निमन्त्रणा दिएका थियो।
कार्यक्रममा प्रमुख अतिथि जोसीले ला ग्राण्डीको शैक्षिक क्रियाकलापको प्रशंसा गर्दै अझै धेरै शैक्षिक उन्नतिको शुभकामना दिनु भएको थियो भने कलेजका प्राचार्य ई.किरण के.सीले यो शैक्षिक सहकार्य आगामी दिनमम अझै निरनत्रता दिदै कलेजका विधार्थीहरुलाई अझै धेरै अवसर दिन कुरा गर्नु भएको थियो।


ला ग्राण्डी ईन्टरनेस्नल कलेज र सोही अष्ट्रेलियन युनिभर्सिटीले २०१७मा पनि कास्कीमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा पछिको प्रभावकारीता सम्बन्धि अनुसन्धान गरेको थियो। सो कार्यक्रममम स्वागत मन्तव्य कलेवका प्रमुख देवराज चालिसे, नेपाली विधार्थीहरुकोतर्फबाट प्रतिज्ञा पौडेल र कार्यक्रम संचालन कलेजका डीन डा. कृष्णराज भण्डारी ले गर्नु भएको थियो। कार्यक्रममा ६० जनाको सहभागीता रहेको थियो।


साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284