ताजा खबर

लेखनाथ उद्योग वाणिज्य संघद्धारा दैनिक १२ सय जनालाई तयारी खाना खुवाउदै

   १३ बैशाख २०७७, शनिबार १४:५०      1,397 views

लेखनाथ उद्योग वाणिज्य संघले पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्मका अति विपिन्न परिवारका लागि दैनिक रुपमा बिहान् र बेलुकाको खाना खुवाउने कार्यक्रम जारी राखेको छ ।

गत वैशााख ९ गते देखि जारी अभियान अन्तरगत प्रत्येक दिन करिव १२ सय जनालाई विहान बेलुकाको खाना खुवाउदै आएको संघका अध्यक्ष बलराम ढकालले जनाकारी दिएका छन् ।

विश्वव्यापी रुपमा फौलिएको कोभिड—१९ को प्रकोपलाई नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउनका कारण घरमा चुलो नवल्ने अवस्थामा पुगेका अति विपिन्न परिवारको समस्यालाई मध्यनजर राख्दै संघले पोखरा २६ को नमस्ते पार्टी प्यालेसमा खाना पकाएर सम्वन्धित ठाउँमा नै खाना पु¥याउदै आएको छ ।

सम्बन्धित वडाको सिफारीस र स्थानिय टोल विकास संस्था तथा आमा समुहको सहयोगमा नामावली संकलन गरि बिहान् ९ बजे र बेलुका ६ वजे खाना तयार गरि पाइक पर्ने विभिन्न ठाउँमा तयारी खाना वितरण गर्दै आएको संघका महासचिव गोपिचन्द्र बास्तोलाले जनकारी दिएका छन् ।

तयार गरिएको खाना वडा नं २८ को कालीकासम्म पु¥याउन अप्ठ्यारो भएकाले वडा नं २८ का लागि राहत सामाग्री नै वितरण गरिएको हो भने वडा नं ३२ को भौगोलिक अवस्थालाई मध्यनजर राखेर राजाकोचौतारमा स्थानियवासीको सहयोग र अन्य सामाजिक संघ सस्थाको समन्वयमा खाना तयार गरि दैनिक रुपमा करिव तिन सय ७० जनालाई तयारी खाना खुवाउदै आएको संघका द्धितिय उपाध्यक्ष विनोद श्रेष्ठको भनाई रहेको छ ।

यो अभियान वैसाख १५ गते सम्म जारी रहने र त्यस पछिको अवस्थालाई हेरेर नयाँ योजना बनाउने संघले जनाएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284