ताजा खबर

‘लैङ्गिकताको सवालमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

   २४ फाल्गुन २०८०, बिहीबार २२:०९      572 views

पोखरा
हरेक वर्ष मार्च ८ मा विश्वभरि मनाइने अन्तर्राष्ट्रिय नारी दिवस यस वर्ष ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराको साथ यो दिवस मनाइदै छ ।


यसैबीच नेपाल पत्रकार महासंघ कास्की, संचारिका समूह कास्की, इन्सेक कास्की, महिला मानवअधिकार रक्षक सन्जाल कास्कीको संयुक्त आयोजनामा ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘लैङ्गिकताको सवालमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


अन्तरक्रिया कार्यक्रममा सहजिकरण गर्दै प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले हिंसा पीडित महिलाको अत्मसम्मानमा ठेस पुर्याउने र उनीहरुको मनोवललाई कमजोर तुल्याउने किसिमले समाचार सम्प्रेसण गर्न नहुने बताउनुभयो । औपचारिक सेवा केन्द्र (इन्सेक) गण्डकीका कार्यक्रम अधिकृत सवनम शर्माले महिलाहरुले आफ्नो र परिवारको इज्जतको लागि धेरै घटनाहरु लुकाउने गरेकाले बाहिर देखिएका भन्दा भित्र लुकाइएका हिंसाका घटनाहरु धेरै भएको बताउनुभयो ।

त्यसैले लैङ्गिक हिंसा अन्त्यका लागि समुदायलाई सजग गराउने र यससम्बन्धी बनेका आचार संहिताहरुलाई व्यवाहारिक रुपमा कार्यन्वयन गर्न गराउनमा मिडियाले भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


अन्तरिक्रयामा सहभागिहरुले महिला अधिकारका लागि स्थापना भएका संघसंस्थाहरुले पछिल्लो समयमा प्रभावकारी कार्यक्रमहरु गर्न नसकेको र लक्षित समुदायमा पुग्न नसकेको गुनासो राखेका थिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारिका समूह कास्कीका सचिव कविता घर्ती मगरले गरेकी थिइन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284