ताजा खबर

लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीको अध्यक्षमा दोहोरी गायक सुरेन्द्र गुरुङको उम्मेदवारी घोषणा

   १ आश्विन २०७६, बुधबार १९:००      2,282 views

लोक दोहोरी गायक तथा युवा व्यवसायी सुरेन्द्र गुरुङले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको प्रथम अधिवेशनमा आफनो अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभएको छ ।

आज पोखरामा पत्रकार सम्मेलन गरी २२ बुँदे घोषणा पत्र सहित आफनो उम्मेदवारी घोषणा गर्नुभएको हो ।


यहि असोज ३ गते पोखरामा हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको प्रथम अधिवेशनमा उहाँले आफनो उम्मेदारी घोषणा गर्ने बताउनुभएको छ । वर्तमान कार्यसमितिमा कोषाध्यक्ष रहनुभएका गुरुङ विगत १५ वर्षदेखि दोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।


उहाँले आफू अध्यक्ष भएमा गण्डकी प्रदेशभित्र रहेका अग्रज कलाकारदेखि नयाँ कलाकारको सूची तयारी गरी कलाकारको श्रेणी विभाजन तथा परिचय पत्र वितरण गर्ने बताउनुभएको छ ।
यस्तै प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी प्रतिष्ठानको आफनै भवन निर्माण गर्ने, जिल्ला शाखाहरुले गरेको कामको आधारमा पुरस्कृत गर्ने र उत्कृष्ट जिल्ला घोषणा गर्ने,

कलाकार कल्याणकारी कोषको वृद्धि गर्ने तथा प्रभावकारी रुपमा परिचालन गर्ने, विभिन्न मेला महोत्वसमा कलाकारमाथि हुने गरेका ठेकेदारी प्रथाको अन्त्य गराउने, गण्डकी प्रदेशभित्र प्रचलित गीतको संरक्षण गरी वृहत साँस्कृतिक महोत्सव आयोजना गर्ने, नेपाल भ्रमण वर्षलाई सफल बनाउन अन्तर प्रदेश लोक साँस्कृतिक भ्रमण आयोजना गर्ने लगायतको योजना समेत सार्वजनिक गर्नुभएको छ ।


यस्तै उहाँले गण्डकी प्रदेशभित्रका कलाकारहरुले बजारमा ल्याएको सम्पूर्ण गीतहरुको अभिलेख राख्ने, प्रदेशभित्र क्रियाशील सबै कलाकार र वाध्यवादकहरुको फोटो सहितको टेलिफोन डायरी प्रकाशन गर्ने तथा लोक तथा दोहोरी गीत प्रतियोगिता आयोजना गर्ने लगायतका महत्वकांक्षी योजना सार्वजनिक गर्नुभएको छ ।


कास्कीको दाङसिङ तिखेढुङ्गाका स्थायी बासिन्द सुरेन्द्र वितग लामो समयदेखि पोखरालाई कर्मथलो बनाएर गीत संगीत, व्यवसाय तथा सामाजिक संघ संस्थामा आबद्ध भई क्रियाशील हुनुहुन्छ । उहाँ तमू कलाकार संघ गण्डकी प्रदेशको अध्यक्ष तथा नेपाल रेडक्रस शोसाईटी कास्कीका कोषाध्यक्ष समेत हुनुहुन्छ ।


गुरुङको विरेठाँटी पुल, मनको धनी तिम्रै छ तिर्सना, तामाकै अचार, खरबारी भिरालो लगायत थुप्रै गीतहरु रेकर्ड भएका छन भने १५ वटा एल्वम बजारमा सार्वजनिक रहेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284