लोकदोहोरी प्रतिष्ठान गण्डकीद्वारा कलाकार र पत्रकारलाई बधाई एवं सम्मान
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले कलाकार र पत्रकारलाई बधाई सहित सम्मान गरेको छ ।

नव वर्ष २०७८ सालको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान, बधाई तथा सम्मान कार्यक्रममा प्रतिष्ठानले पत्रकार महासंघ कास्कीका नवनिर्वाचित पदाधिकारी सँगै गण्डकी प्रदेशका पदाधिकारी र राष्ट्रिय परिषद सदस्यहरुलाई बधाई दिएको हो ।
सो अवसरमा प्रतिष्ठानले पोखरा महानगर प्रज्ञा प्रतिष्ठानका कुलपति सँगै प्राज्ञ सदस्यहरुलाई समेत सम्मान गरेको छ ।
गुरुङ कलाकार संघ नेपालका केन्द्रिय अध्यक्ष शर्मिला गुरुङ र उपाध्यक्ष राजु गुरुङ समेत कार्यक्रमबाट सम्मानित भएका छन् । प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारी नेपाल पत्रकार महासंघ लमजुङको उपाध्यक्ष पदमा निर्वाचित भएकोमा उनलाई समेत सम्मान गरियो ।
कार्यक्रमबाट भर्खरै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभूषित हुनुभएकी “गाउँ शहरमा लमजुङ दरबार” गीतकी गायिका माया गुरुङलाई समेत प्रतिष्ठान बधाई सहित सम्मान गरियो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले २०७७ सालमा कोरोना महामारीका कारण भएका समस्याहरुलाई समाधान गर्दै २०७८ सालमा सकरात्मक सोचका साथ अगाडि बढ्न शुभकामना दिइन् । उनले सानैमा आफु गीतसंगीतमा रुची राख्ने भएता पनि साथ दिने कोही नभएर पछाडी पर्नुपरेको बताइन् । राष्ट्रलाई पहिचान दिलाउन कलाकारको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले कलाकारको हितमा राज्य लाग्नुपर्ने विषयलाई औंल्याइन् ।
शर्माले लोकदोहोरी सेन्सर बोर्डको विषयमा छलफलमा मात्रै सिमित रहेको बताइन् । उनले भनिन्,“ लोकदोहोरी सेन्सर बोर्डको विषयमा केवल छलफलमा सिमित रहयो ।
अब यसको टुङ्गो लाग्नुपर्छ । यसका लागि कलाकार स्वयमले पनि सरकारलाई दबाब दिनुपर्ने देख्छु ।” उनले लोकदोहोरी क्षेत्रलाई व्यवस्थित बनाउन आफ्नो पनि पहल रहने प्रतिबद्धता व्यक्त गरिन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजीले २०७७ साल कलाकारका लागि पीडादायक भएपनि २०७८ सालमा पीडा खेप्नुपर्ने स्थिति नहोस् भनि शुभकामना दिए । उनले कलाकारिता बाहिरबाट रंगीन देखिएपनि भित्र भने चोेट खेप्नुपरेको बताए । कलाकारिता पेशामै लागेर अझैपनि परिवार पाल्न सक्ने वातावरण भइनसकेको उनको भनाई थियो । राज्यको उदासिनताका कारण कलाकारिता क्षेत्र धरासायी बन्दै गएको उनले बताए ।
बिजीले झांगिएको वृक्षलाई झारपातले असर गरेजस्तै लोकदोहोरी क्षेत्रमा त्यस्ता झारपातहरु पलाएको उल्लेख गरे । उनले लोकदोहोरी क्षेत्रको संरक्षणका लागि झारपातहरुलाई गोड्नुपर्ने बेला आएको बताए । उनले कलाकार कुवा जस्तै हुनुपर्नेमा जोड दिएका छन् ।
खोला जस्तै बग्नुभन्दा पनि कुवा जस्तो एकै ठाउँमा रहेर तिर्खा मेट्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । उनले हरेक सर्जक नैतिकतामा बाँधिनुपर्ने विषयलाई उठान गरेका छन् । महामारीका कारण आफुँ नेतृत्वको वर्तमान कार्यसमितिले सोचेजस्तो उपलब्धी मुलक कार्यक्रम गर्न नसकेपनि आगामी समयमा उत्पादनमुखी कार्यक्रममा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टले राष्ट्रिय आकंक्षा “ समृद्ध नेपाल र सुखी नेपाली” अभिभारा पुरा गर्न कलाकार र पत्रकार एकैसाथ भएर लाग्नुपर्ने विषयलाई जोड दिए ।
नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष बिमला भण्डारीले २०७८ साल जीवनलाई प्रगतीपथमा लैजान महत्वपूर्ण वर्ष बन्न सकोस् भनि शुभकामना दिइन् । उनले हिजो पनि पत्रकार कलाकारसँगै हातेमालो गरेको र आगामी दिनमा पनि सोही विषयलाई अनुसरण गर्ने बताइन् । भण्डारीले कलाकारिताले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको तर अझैपनि यो क्षेत्रमा आत्मनिर्भर रहने आधार तय भइनसकेको बताइन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले स्वागत गर्दै २०७८ मा सबैलाई सकरात्मक सोचका साथ अगाडि बढ्न शुभकामना दिए । उनले राज्यले कलाकारलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन नहुँदा समस्या खेप्नुपरेको औंल्याए ।
संगीत रोयल्टी, पारिश्रमिक र सेन्सर बोर्डका विषयमा समेत राज्य उदासिन बन्दा कलाकार र पत्रकारलाई समस्या परिररहेको भनाई उनको थियो । तीनै तहका सरकारले कलाकार र पत्रकारका विषयमा सोच्नुपर्ने विषयलाई उनले उठान गरेका छन् ।
आजको खबर
३० असार पोखरा तमु धिं नेपाल कास्की जिल्ला अन्तरगत गठित तमु विद्यार्थी समितिले अभिभावक भेटघाट तथा प्रथम बैठक गत असार २७ गते सम्पन्न भएको छ…
अझै पढ्नुहोस्
पोखरा, असार २९ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा संचालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार बाट वरिष्ठ पत्रकार रुद्रबहादुर हितानमगर र पत्रकार इन्दिरा गुरुङ…
अझै पढ्नुहोस्Follow Us
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट हितानमगर र गुरुङ सम्मानित
३० असार २०८३, मंगलवार १२:१६
तमू विद्यार्थी समिती कास्कीको अभिभावक भेटघाट कार्यक्रम सम्पन्न
३० असार २०८३, मंगलवार १२:३८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38