लोकराज भट्टको उपन्यास ‘छाइल’ माथि पोखरामा विमर्श
लोकराज भट्टको चर्चित उपन्यास ‘छाइल’ पोखरेली पाठकहरुले पनि रुचाएका छन् । डोट्याली सभ्यताको प्रतिविम्व बनेको उपन्यासले लयात्मक भाषामा सुदूरपश्चिमको चित्रण गरेको उनीहरुले बताएका छन् ।

आइतबार ‘पुछारसिटे अभियान’ को संयोजनमा प्रकाशक ‘बुक्स हिमालय’ ले हिमालयन रिडर्स कर्नर, पोखरामा आयोजना गरेको ‘छाइल विमर्श’ कार्यक्रममा मिहिन ढंगले पुस्तकको समीक्षा गरियो ।
‘यति मिठो भाषामा सुदूरपश्चिमको कथा भनिएको छ कि उपन्यासले पाठकलाई तानिराख्छ’, समीक्षक सञ्जीव पौडलले भने, ‘सुदूरपश्चिमको सभ्यतको छायाँ हो छाइल।’
डोट्याली भाषाको शब्द ‘छाइल’को अर्थ हुन्छ छायाँ । ‘छाइल’मा सुदूरपश्चिम प्रदेशको डोटेली सभ्यताका छाया र प्रतिच्छाया सलबलाएका छन् । पुर्खाको इतिहास, संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई यसले उजिल्याउने जमर्को गरेको छ ।
कार्यक्रममा समीक्षक गौरी तमूले भनिन्, ‘सुदूरपश्चिमको सभ्यता र स्वाभिमानको कथा बोकेको उपन्यास छाइलमा काव्यात्मक भाषा प्रयोग गरिएको छ । यो पठनिय कृति हो।’
उपन्यासमा अनाम गाउँका एक युवाको सपना र सङ्घर्षको हृदय पगाल्ने कथा छ ।
यसले जीतुराजको बाल्यकाल र किशोरकाल हुँदै युवाकालसम्म उपन्यासले फन्को लगाएको छ । सहरमा अनेक हन्डर र ठक्कर खाँदै भौतारिएको जीतु आखिर गाउँको विश्वविद्यालय भर्ना हुने भन्दै किन फक्र्यो त ? उपन्यासमा पाठकले यसको सुखद समाधान पाउने छन्।’
पिता र पुत्रबीचको सम्बन्ध पनि उपन्यासको सुन्दर पाटो हो। जितुसग उनको सम्बन्ध पुत्रवत्भन्दा मित्रवत् छ। यसमा धेरै बाहरूका जिन्दगीका नभनिएका आत्मीयकथा भेटिने छ। जीतुका बा, आमा, दिदी, छिमेकी दुर्वासा, दयाराम अनि उसका ग्रामीण साथीहरूको कथाले पाठकलाई गाउँकै आँगनमा पु¥याउँछ।

‘छाइल’मा माटोको रङ मजाले पोतिएको छ। प्रकृतिको सङ्गीतले मनलाई शीतलो पारिदिन्छ। डेउडाका झङ्कारहरूले मनलाई नृत्यमग्न पारिदिन्छन् ।
सुन्दर शब्दशिल्पका कारण पहिलो पानादेखि अन्तिम पानासम्म कतै रोकावट छैन। संवाद सूक्तिमय छन् ।
कार्यक्रममा पाठकका तर्फबाट हसिना बस्नेतले भनिन्, ‘छाइलमा बाल मनोविज्ञानको मिठो चित्रण गरिएको छ ।’
बेलाबेलामा डेउडा गाउँदै सुदूरपश्चिमका सांस्कृतिक अध्येता हेमन्त विवशले रोचक ढंगले कार्यक्रम चलाएका थिए। कार्यक्रममा छाइलका अर्का पाठक एवं पत्रकार घनश्याम पौडेलले भने ‘यति मिठो पारामा लेखिएको उपन्यास मैले यस अघि पढेको थिइनँ।’
त्यस अबसरमा समीक्षकहरुले उपन्यासको कमजोरी पनि औंल्याएका थिए । ‘यसमा वर्तमान सुदूरपश्चिमको तस्बिर त राम्रोसँग आएको छ’, समीक्षक पौडेलले भने, ‘उपन्यासकारले भविश्यको सदूरपश्चिमको मार्गचित्र पनि दिन सक्नु पथ्र्यो । दिएका छैनन ।’
प्रकाशन संस्थाका प्रमुख पवन शाक्यकाअनुसार पोखराबाट सुरु भएको पुस्तक यात्रा क्रमशः चितवन, विराटनगर, नेपालगञ्ज हुँदै धनगढीसम्म पुग्नेछ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38