ताजा खबर

ल्होछार शुभकामना दौड प्रतियोगिता सम्पन्न

   १३ पुष २०८१, शनिबार १९:४१      264 views

तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार आगमनको क्रममा पोखरामा पुस १३ गते आयोजित ल्होछार शुभकामना सडक दौड प्रतियोगितामा ताङतिङ दुधपोखरी, सोनम, अनिता र क्या. भक्तराज गुरुङ प्रथम भएका छन ।

तमु धिं नेपालद्वारा आयोजित तिनदिने ल्होछार कार्यक्रम अन्तर्गत पहिलो दिन तमु धिं नेपाल केन्द्रिय युवा समितिको संयोजनमा सम्पन्न दौडमा अन्तरसमाजमा ताङतिङ दुधपोखरी तमु समाज प्रथम हुँदै २० हजार, रनिङ शिल्ड, दोस्रो भएको चिउली पाचे तमु समाजले १५ हजार र तेस्रो हुँदै नौलो सम्झना तमु समाज १० हजार रुपैयासहित पुरस्कृत भएको छ।

यसरी नै १० किमि खुल्लामा सोनम गुरुङ प्रथम, सायल गुरुङ र सुजन गुरुङ दोस्रो, राम कुमार गुरुङ र केभिन गुरुङ तेस्रो र दिलप्रसाद गुरुङ चौथो हुँदै १५, १०, ७ र ३ हजार रुपैयासहित पुरस्कृत भए । यस्तै गरी ५ किमि महिलामा अनिता गुरुङ प्रथम, बियन्का गुरुङ दोस्रो, सरस्वती गुरुङ तेस्रो र अरुणा गुरुङ चौथो हुँदै ७,५,३,२ हजार रुपैयासहित पुरस्कृत बनेको छ।

५ किमि भेट्रान्सतर्फ क्याप्टेन भक्तराज गुरुङ प्रथम, भिमसेन गुरुङ दोस्रो, दिलिप गुरुङ तेस्रो र दिलु गुरुङ चौथो हुँदै ७,५,३,२ हजारसहित पुरस्कृत भए । मुह्री ल्हो(गिद्ध वर्ग)को विदाईसँगै सप्ह्री ल्हो(सर्प वर्ग) आगमनको अवसरमा आयोजित ल्होछार शुभकामना दौडमा १४ देखि ८० बर्षका धावकहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक चोकबहादुर गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेससभा सदस्य सरस्वती गुरुङले ल्होछारको शुभकामना ब्यक्त गर्नुहुदै दौड संस्कृतिले पर्वलाई उमंगित, धावक एवम समाजलाई स्वस्थ्य साथै पोखरालाई खेल र संस्कृतिको शहरको रुपमा बिकास गर्ने सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रम तमु धिं नेपालका कार्यवाहक अध्यक्ष सुमे श्रीप्रसाद गुरुङको अध्यक्षता, प्रथम उपाध्यक्ष गीमाया गुरुङको स्वागत र केन्द्रिय युवा समिति अध्यक्ष रमेश गुरुङको संचालनमा भएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284