ताजा खबर

वंशवली लेखनको सहयोगार्थ प्हच्यु परिवारले साँगीतिक कार्यक्रम आयोजना गर्ने

   २६ फाल्गुन २०७५, आईतवार २२:०७      2,901 views

तस्विर सौजन्य मणि सरब्ज तमू

नेपालको विभिन्न भागमा छरिएर रहेका तमू प्हच्यु परिवार नेपालले आफनो अलिखित रुपमा रहेको वंशवली लेखनको सहयोगार्थ प्हच्यु साँगीतिक साँझ २०७५ आयोजना गर्ने भएको छ ।


आगामी चैत्र १ गते दिउँसो २ बजे पोखरा सभागृहमा आयोजना हुने कार्यक्रमको मञ्च सजावट भन्दा बाहेकको सबै तयारी पूरा भएको आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्हच्यु परिवार नेपालका महासचिव निम प्हच्यु तमूले जानकारी दिनुभयो ।


वंशवली लेखनको आलवा प्हच्यु तमूहरुको उद्गम स्थलको पहिचान गरि संरक्षण र प्रचार प्रसार गर्ने, प्हच्यु बन्धुहरु बीचमा आपसी परिचय गराउने, भावी सन्ततिलाई पुस्तागत सम्बन्धमा एकताबद्ध गरि नाताको पहिचान गराउने, प्हच्यु परिवारलाई संस्थागत रुपमा स्थापित गरि विकास गराउने, आफनो मौलिक जातिय साँस्कृतिक धार्मिक, भाषिक सम्पदाको संरक्षण र सम्बर्धन गर्दै अघि बढने लगायतको उद्देश्य राखी कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्हच्यु परिवारको कूलमा जन्म भई हाल विभिन्न विधाबाट कलाकारितासँग सम्बन्धित रहि क्रियाशिल प्हच्यु कलाकारहरु लोक दोहोरि गायक गायिका शर्मिला तमू, सविना तमू, भिमु तमू, दुर्गा तमू, शंकर विरही तमू, सागर तमू, गमन तमू, शिव तमू, निशा तमू लगायतको बेजोड साँगेतिक प्रस्तुति रहने छ भने युवा कलाकारहरुको विभिन्न नृत्य पस्तुति रहने आयोजक समितिका सदस्य एवं तमू चलचित्रका वरिष्ठ नायक तथा निर्देशक प्रितम प्हच्यु तमूले जानकारी दिनुभयो ।

कार्यक्रमबाट करिब १० लाख रुपैंया संकलन हुने र ७ रुपैंया खर्च भई ३ लाख रुपैंया बचत हुने अनुमान गरिएको कार्यक्रम संयोजक दिलु मैन प्हच्यु तमूले जानकारी दिनुभयो । २०७० सालमा स्थापना भएको परिवारले वर्षेनीरुपमा विभिन्न सामाजिक काम गर्दै आएको छ ।

कार्यक्रमको लागि मुख्य प्रायोजकको रुपमा प्हच्यु परिवार युके परिवारले सहयोग गरेको समेत आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284